शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

बिहिवार , आषाढ १०, २०७८

काठमाडौं १० असार नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली द्धारा स्पष्टिकरण माग

सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनकोशी गाउँपालिका कमिटी सिन्धुलीले सुनकोशी गाउँपालिका २ नम्बर वडा अध्यक्ष संग स्पष्टिकरण माग गरेको छ । बुधवार एक बिज्ञप्ती निकाल्दै अध्यक्ष भोज कुमार सिजाली संग पार्टी अनुशासन उल्लघंन गरेको भन्दै उल्लघंन गर्नुको कारण सहित स्पटिकरण पेस गर्न अनुरोध गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनकोशी गाउँ संगठन कमिटीको गत ६ र ७ गतेको बैठकले आ.व.०७८/७९ मा पालिकाको नीति, कार्यक्रम र बजेट निर्माणको सवालमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट निर्वाचित सुनकोशी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुलाई सर्कुलर जारी गरेको भए पनि अध्यक्ष सिजाली उपस्थित नभएको भन्दै स्पष्टिकरण माग गरेको हो ।

बिज्ञप्तीमा पार्टी अनुशासन उल्लघंन गर्नुभएको हुँदा के कति कारणले पार्टी निर्णय उल्लघंन गर्नुभएको हो ? उचित कारण सहित यो पत्र प्राप्त भएको मितिले २४ घण्टा मित्र चित्तबुझ्दो लिखित स्पटिकरण पेश गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया