शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि बढ्यो सुनको मूल्य

मंगलवार , आषाढ ८, २०७८

काठमाडौं,८ असार -मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँ पुगेको हो ।

गत आइतबार एकैदिन ८०० रुपैयाँले घटेर सुनको मूल्य गत सोमबार ४०० रुपैयाँले बढेको थियो भने, आज थप ६०० रुपैयाँले बढेर ९१ हजारमा उक्लिएको हो ।

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत बढेर ९० हजार ५०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने मंगलबार पनि प्रतितोला ५ रुपैयाँले नै वृद्धि हुँदै एक हजार ३०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अनुदानको कार्यक्रममा सिन्धुलीका कृषक नठगिउन्

सिन्धुलीको कृषि क्षेत्रमा राज्यको ठूलो लगानी छ । केन्द्र, प्रदेश र स्थानिय सरकारबाट जिल्लाका कृषकालागि विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ । कृषकहरुलाई स्थानिय तहले सिमित प्रतिशत लगानी गर्दै उपकरण, विउविजन लगायत अन्य कृषिजन्य सामाग्री वितरण गर्दै आएको छ । यता, कृषकहरु भने उपकरण खरिदमा ठगिएको गुनासो आइरहेको छ । स्थानिय तहले निश्चित प्रतिशत आफूले लगानी गर्ने र बाँकी प्रतिशत कृषक स्वयंले खर्च गरेर कृषिजन्य सामाग्री खरिद गरिरहेका छन् ।

तर, बजारभाउ भन्दा महंगो शूल्क लिएर व्यापारीहरुले कृषकलाई मारमा पाािररहेको गुनासो कृषकले गरेका छन् । बजारभाउ भन्दा चर्को शूल्क कृषकले तिर्नुपरेपछि स्थानिय सरकारको लगानी बालुवामा पानी हाले सरह भएको छ । प्रत्यक्ष रुपमा स्थानिय सरकारको अनुदान देखिएपनि अप्रत्यक्ष रुपमा कृषकले आफ्नो गोजीबाटै ठूलो रकम खर्च गर्नुपरिरहेको छ । तसर्थ, राज्यको लगानी हात्तीको देखाउने दाँत जस्तो नबनाउनकालागि कृषकले के कति मूल्यमा सामाग्री पाइरहेका छन् भन्ने हेक्का राख्न जरुरी छ ।

अनुदानको कार्यक्रममा आफू नजिकका कृषकहरुलाई लगानी गरेको भन्दै केहि कृषकले गुनासो गरिरहेका छन् । केहि हदसम्म वास्तविक कृषकले भन्दा पनि अनुदान प्राप्तिकालागि मात्र कृषक बनेकाहरुले राज्यको सुविधा पाइरहेको अवस्था छ । तसर्थ, यस्ता गलत अभ्याससँग स्थानिय सरकार परिचित हुन जरुरी छ । अतः सरकारी सुविधा कृषकले पाए भनेर खुशी हुने अवस्था छैन । त्यसैले, राज्यले कृषिमा गरेको लगानी थप व्यवस्थित, प्रभावकारी र नियमसंगत बनाउनकालागि सम्बन्धित निकायले अनुदानलाई व्यवहारीक बनाउनतर्फ जोड दिन आवश्यक छ ।

प्रतिक्रिया