शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

सोमवार , आषाढ ७, २०७८

काठमाडौं ०७ असा- नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजारमा कारोबार भएकोमा आज तोलामा चार सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार चार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२९५ कायम गरिएको महासंघले जनाएको छ ।

सिन्धुलीको फिक्कलमा बन्यो पाँच सय मिटर लामो पदमार्ग

सिन्धुली – सिन्धुलीको फिक्कल गाँउपालिका–३ चनौटेमा यो बर्ष पाँच सय मिटर लामो पदमार्ग निर्माण गरिएको छ ।

बागमती प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयको २८ लाख रुपैया लागतमा ढुंगाको सिंढी बनाएर उक्त पदमार्ग निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

फिक्कल गाँउपालिकामा पर्यटन प्रबद्र्धनका लागि चनौटेदेखि फिक्कल भ्युटावरसम्म पद मार्ग बनाउन सुरु गरिएको गाउँपालिका उपाध्यक्ष पार्बती सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार यो बर्ष ३० वटा सिंढी निर्माण गरिएको छ । उक्त पदमार्ग निर्माणका लागि बागमती प्रदेश सरकारले ४९ लाख रुपैया बजेट बिनियोजन गरेकोमा टेण्डर हुदा डोलेट कन्ट्रक्सनलाई ठेक्का परी २८ लाख रुपैयामा सम्झौता भएको थियो ।

चनौटेदेखि भ्युटावर चुचुरोसम्म तीन किलोमिटर लामो पद मार्ग निर्माण गर्ने योजना रहेको छ । अहिलेसम्म तीन भागको एक भाग निर्माण भएको र अझै दुई भागभन्दा बढी पदमार्ग निर्माण गर्न बाँकी रहेको गाँउपालिका उपाध्यक्ष सुनुवारको भनाई छ ।

गत बर्ष पनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सात सय मिटर लामो पदमार्ग निर्माण भएको थियो । उक्त पदमार्ग निर्माणलाई बर्सेनि

सिन्धुलीको दुई ठूला राजमार्ग व्यक्ति कै नाममा

सिन्धुली – सरकारले लगत कट्टा नगर्दा यहाँका दुई ठूला राजमार्गमा पर्ने जग्गा हालसम्म व्यक्तिकै नाममा रहेको छ ।

मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्ग (हेटौंडा–सिन्धुली–चतरा) को क्षेत्रफल अनुसारको जग्गा सरकारले लगत कट्टा नगर्दा व्यक्तिकै नाममा रहेको हो । सरकारले राष्ट्रिय गौरवको आयोजना भनेका यी ठूला राजमार्गमा लगत कट्टा नै नगरी करोडौं लगानी भएको छ ।

पहाडी जिल्लालाई ध्यानमा राखेर बनाइएको मध्यपहाडी लोकमार्ग तथा हेटौंडा–सिन्धुली–चतरा राजमार्ग लगत कट्टा नै नगरी निजी जग्गामै सरकारले करोडौ लगानी गर्दै आएको स्थानीय बताउँछन् ।

सिन्धुलीको खुर्कोटदेखि उदयपुरको घुर्मीसम्म ६० किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको केही वर्ष बितिसकेको छ । यस खण्ड अन्र्तगत केही पुलबाहेक सडक करिब तीन वर्ष अगाडि नै निर्माण सम्पन्न भएको हो । निर्माण सम्पन्न भइसकेको राजमार्ग समेत स्थानीय कै नीजि जग्गा रहेको र हालसम्म सरकारले सार्वजनिक गरी राजमार्ग निर्माण गर्न सकेको छैन ।

मध्यपहाडी लोकमार्गको ६० किलोमिटर मध्ये पुल बन्ने स्थानमात्र सार्वजनिक भएको र अन्य स्थान नभएको स्थानीयले जनाएका छन् । गोलन्जोर गाँउपालिका–७ खुर्कोट निवासी शरद आचार्य मध्यपहाडी लोकमार्ग आप्mनै जग्गाबाट निर्माण सम्पन्न भई गाडी कुद्न थालेको बर्षौ भएपनि अहिलेसम्म जग्गाको लगत कट्टा नभएको सुनाउनुहुन्छ ।

निर्माण सम्पन्न भई गाडी कुद्न थालेकै सात बर्षभन्दा बढी भएपनि जग्गाको लगत कट्टा नहुदा मध्ये पहाडी लोकमार्ग कानूनी रुपमा नक्सा मै नभएको उहाँले जानकारी दिनुभयो ।

“लगत कट्टा नभएकाले हामीले राजमार्ग भएको जग्गाको कर तिर्नु परिरहेको छ,” उहाँले भन्नुभयो, “सरकारले मुआब्जा दिएर लगत कट्टा गर्छौं भने पनि हालसम्म गरेको छैन । मध्यपहाडी लोकमार्गले ओगटेको सयौं बिघा जमिन स्थानीयको नाममा छ ।” सडकको जग्गा सार्वजनिक हुन नसक्दा स्थानीयले जुनसुकै समयमा मुआब्जाको विषयलाई लिएर समस्या ल्याउन सक्ने भएकाले तत्काल लगत कट्टा गरी सार्वजनिक गर्नुपर्ने स्थानीय बताउँछन् ।

राजमार्गको लगत कट्टा गर्ने काममा ढिलाइ भएको उल्लेख गर्दै मालपोत कार्यालयका सूचना अधिकारी पुरुषोत्तम दाहालले भन्नुभयो, “मुआब्जा लगायत विभिन्न समस्याका कारण हालसम्म लगत कट्टा नभएको हो ।” लगत कट्टा नभएकाले राजमार्गको जग्गाको कर स्थानीयले तिर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गको मात्र नभएर वैकल्पिक राजमार्गको रूपमा लिइएको हेटौंडा–सिन्धुली–चतरा (मदन भण्डारी लोकमार्ग) सडकको समस्या पनि उस्तै छ । सडकको मध्यबिन्दुबाट दायाँबायाँ १५÷१५ मिटर छाड्नुपर्ने आयोजनाले बताए पनि लगत कट्टा नभएकाले स्थानीयले राजमार्गमा जग्गा छोड्न आनाकानी गर्दै आएका छन् ।

सडको जग्गा छोड्न भनिए पनि लगत कट्टा नगरेकाले मध्यबिन्दु कहाँ मान्ने भन्नेमा अन्योल रहेको दुधौली नगरपालिकाका स्थानीय बताउँछन् । स्थानीयका अनुसार अहिले मदन भण्डारी लोकमार्ग अहिले धमाधम निर्माण भई अन्तिमचरणमा पुगेको छ ।

दुधौली नगरपालिका–१ बंका निवासी शिशिर अधिकारी मदन भण्डारी लोकमार्गमा आफ्नो झण्डै साढे तीन कठ्ठा जग्गा परेपनि अहिलेसम्म लगत कट्टा नभएको जानकारी दिनुहुन्छ । ‘लगत कट्टा गर्नु पर्दा जग्गाधनीलाई पनि त जानकारी दिनुपर्ला नी’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म त्यस बिषयमा कुनै जानकारी गराएको छैन ।’

खोला तथा नदीमा पुल बन्ने कामसमेत तीव्र गतिमा भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार राजमार्ग निर्माणका लागि दायाँबायाँका बस्ती हटाउने तथा रुखहरू काट्ने काम सडक चौडा बनाउने तथा सडक निर्माणका लागि सब–बेस तथा बेस हाल्ने कामसमेत अन्तिम चरणमा पुगेको छ । तर अधिकांश नीजि जग्गामै सरकारको करोडौं रुपैयाँ लगानी भइरहेको छ ।

सरकारले निर्माण कार्यको थालनीमै नीजि जग्गा लगत कट्टा गरी सार्वजनिक नगरेकाले राजमार्गको कर तिर्नु परेपछि जुनसुकै समयमा स्थानीय आन्दोलन हुने अवस्थामा छन् । कालोपत्रे गर्न तथा सडक बनाउन सरकारले बर्सेनि करोडौं रुपैयाँ खर्च गरे पनि निजी जग्गामै सरकारी लगानी भइरहेको छ ।

प्रतिक्रिया