शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

आइतवार , आषाढ ६, २०७८

काठमाडौं ०६ असार- नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार आठ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १२९० कायम गरिएको महासंघले जनाएको छ ।

परिक्षणकालागि कञ्जुस्याँई नगरौँ

कोरोना संक्रमणको परिक्षण पिसिआर विधिबाट सिन्धुलीमै गरिन्छ । जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको परिक्षणको दायरा घट्दै गएको छ । अझ स्पष्ट रुपमा भन्ने हो भने कोरोना संक्रमितको नजिक रहेकाहरुको समेत कोरोना परिक्षण नगरेको संक्रमितका नजिकका आफन्तले गुनासो गरेका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिकामा एकजना कोरोना संक्रमितको आफन्तले आफूहरु संक्रमितसँगै बसेको बताउँदा पनि परिक्षण गर्न आनाकानि गरेको गुनासो गरेका छन् । अस्पताल व्यवस्थापन समितिका एक सदस्यले ज्वरो नआएकाले परिक्षण गर्नु नपर्ने बताएको ती संक्रमितका आफन्तले बताएका छन् । कोरोना संक्रमण हुनुअघि केहि घण्टाअघि सम्म संक्रमितसँगै उठबस गरेको बताउदा पनि ज्वरो नआएकाले परिक्षण गर्नु नपर्ने जवाफ आएकोप्रति ती नागरिकले असन्तुष्ट पोखेका हुन् ।

कन्ट्याक ट्रेसिङ गर्दै कोरोना परिक्षण गर्नुपर्नेमा संक्रमितसँगै बसेकालाई समेत विभिन्न अर्थिउपदेश दिदैँ परिक्षण गर्नुनपर्ने भन्ने लापर्वाहीपूर्ण जवाफ आउनु दुखद हो । यस्ता घट्नाले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्ने देखिन्छ । तसर्थ, कोरोना परिक्षणकालागि कञ्जुस्याँई नगर्न सम्बन्धित निकायले गम्भिर भएर सोच्न जरुरी छ ।

जिल्लामा पर्याप्त श्रोतसाधन नभए कसरी उपलब्ध गराउने भन्नेतर्फ जिम्मेवार निकायले जोड दिन आवश्यक छ । अहिलेको मुख्य चुनौति भनेको कोरोना परिक्षणको दायरा बढाउनु हो । त्यसैले, सरोकारवाला निकायले कोरोना परिक्षणको दायरा बढाउन थप सक्रियता देखाउन जरुरी छ । त्यसैगरि, कोरोना संक्रमितसँगै बसेका परिवारको सदस्यलाई ज्वरो नदेखिएको भन्दै गैरजिम्मेवार जवाफ नदिन जिल्ला प्रशासन लगायत सम्बन्धित निकायल ध्यानाकर्षण गर्नुपर्दछ, जिम्मेवार निकायले कोरोना परिक्षणकालागि कञ्जुस्याई गर्नुहुदैँन ।

प्रतिक्रिया