काठमाडौं ०३ असार- नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १३४० कायम गरिएको महासंघले जनाएको छ ।
सिन्धुलीमा राहत सामाग्री हस्तान्तरण
सिन्धुली, ३ असार – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई राहत प्याकेज हस्तान्तरण गरिएको छ । स्वाभिमान रासससहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज हस्तान्तरण गरिएको हो ।
सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले १५१ थान राहत प्याकेज रेडक्रसका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । समाजसेवी उज्वलविक्रम थापा, अस्पताल विकास समितिका अध्यक्ष पोखरेललगायतको समूहले सो अभियानको थालनी गर्नुभएको हो ।
रेडक्रसलाई बुझाइएको राहत प्याकेजमा १० किलो चामल, दुई किलो दाल, एक किलो नुन, तेल एक लिटर र एक प्याकेट मस्यौरा रहेको अभियानका सदस्य इन्द्र भुजेलले जानकारी दिनुभयो ।