शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कति छ आज सुनको मूल्य ?

मंगलवार , आषाढ १, २०७८

काठमाडौं ०१ असार - नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छा ’पा ’वाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने ते ’जा ’वी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा १३५५ रहेको महासंघले जनाएको छ ।

नि’षेधाज्ञाले सिन्धुलीमा खेतमै कु’हिन थाल्यो तरकारी

सिन्धुली – सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा किसानले उब्जाएको बेमौसमी तरकारी खेतबारी मै कु’हिन थालेको छ ।

मुलुकभर फैलिएको कोरोना भा’इरस सं’क्रमणरोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको नि’षेधाज्ञाका कारण किसानको उब्जनी बिक्री नभएको हो । नि’षेधाज्ञासँगै बीपी राजमार्गमा सञ्चालन भएका होटल पनि ब’न्द हुदा तरकारी बिक्री नभएर कु’हिन थालेको किसानको भनाई छ ।

सुनकोशी गाँउपालिका–७, नागीमा व्यावसायिक कृषिमा लागेका युवाले फलाएको बेमौसमी काउली बिक्री नहुँदा उनीहरू चि’न्तित छन् ।

तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको तर कोरोना भा’इरसका कारण म’र्का परेको किसान बताउँछन् । “काउली बिक्री नभएर खेतमै कु’हिने अवस्था आएको छ,” सुनकोशी गाँउपालिका–७ का नविन कार्कीले भन्नुभयो, “दैनिक चार सय केजीभन्दा बढी काउली तयार हुन्छ, बेच्ने ठाउँ छैन ।” उहाँले कोरोना भा’इरसका कारण सदरमुकाम सिन्धुलीमाढीमा समेत बिक्री नभएको बताउनुभयो । युवाले व्यक्तिगत र सामुहिक तरकारी खेती गर्दै आएका छन् ।

“हामीले १५ रोपनी जग्गामा काउली मात्रै फलाएका छौं,” उहाँले भन्नुभयो, “बिक्री भएन भने गाईभैंसीलाई खुवाउनु बाहेक अन्य उपाय छैन ।” विगतमा खेतबारीमै पुग्ने व्यापारीलाई यस वर्ष किसानले आफैं भेट्न खोज्दा समेत तरकारी बिक्री हुने अवस्था छैन । “दैनिक सयौं किलो तरकारी उत्पादन हुन्छ, व्यापारी थोरै लिने भन्छन्, पुर्‍याइ दिएपछि मनोमानी भाउ गर्छन्,” उहाँले आफ्नो पि’डा सुनाउनुभयो । तयार भएको काउली बेच्न दुई दिन ढिला भए बि’ग्रेर जाने अर्का किसान रामकृष्ण भट्टराई बताउँछन् ।

“काउली बेच्ने बेला नि’षेधाज्ञा भएकाले हाम्रो मिहिनेत त्यसै खेर गयो”, उहाँले भन्नुभयो, “यस वर्षको तरकारी खेतबारीमै कु’हिने भयो । खेतबारीमा काउली, बन्दा तयारी अवस्थामा रहेको उहाँले सुनाउनुभयो । बीपी राजमार्ग निर्माणसँगै गाउँगाउँमा सडकको पहुँच पुगेपछि सिन्धुलीका विकट ग्रामीण क्षेत्रका किसान केही वर्षदेखि व्यावसायिक तरकारी खेतीमा जुटेका छन् ।

किसानका उब्जनी बिक्री नहुनुमा राजमार्गका होटल बन्द हुनु अर्को कारण भएको भट्टराईले बताउनुभयो । गाडीमा डुलाएर बिक्री गर्दा पनि सबै बिक्ने सम्भावना उहाँले देख्नु भएको छैन । “काठमाडौं लगायतका ठूला सहरमा लैजान सकिने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘खेती गरियो, उत्पादन पनि राम्रो छ । तर बेच्न सकिएन ।” कार्की गत वर्ष पनि लकडाउनले गर्दा उचित मूल्य नपाएको गुनासो गर्नुहुन्छ ।

“गत वर्ष गाँउपालिकाले गाडी उपलब्ध गराएर सघाएको थियो,” उहाँले भन्नुभयो, “यस वर्ष गाँउपालिकाको गाडी कोभिड १९ मा प्रयोग भएको भन्ने जानकारी आएको छ । त्यसैले कतै लान सकिएन । खेतमै कु’हिँदै छ ।” उहाँले गाउँभरी काउली भएकाले सबै किसान मर्कामा परेको बताउनुभयो । सिन्धुली सदरमुकामस्थित तरकारी बजारमा समेत तरकारी किन्ने उपभोक्ता कम भएपछि तरकारी आयात घटेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया