काठमाडौं २४ जेठ - नेपाली बजारमा सुनको मूल्यमा आज घ’टेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा का’रोबार भएकोमा आज तोलामा तीन सयले घ’टेको हो ।
महासंघका अनुसार आज छा’पा’वा’ल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ भने ते’जा’वी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।
त्यस्तै, आज चाँ’दीको मूल्य पनि घ’टेको छ । आज चाँदीको मूल्य घ’टेर तोलामा १३५० कायम भएको महासंघले जनाएको छ ।
हाम्रो भौतिक संरचना गु’णस्तरीय छन् ?
सिन्धुलीमा पछिल्लो दुई दिनमा जिल्लामा निर्माण भएका दुई संरचना भ’त्किए । सिन्धुलीगढीको प्रवेशद्धारमा ९० लाख रुपैँया बढिमा निर्माण गरिएको भौतिक संरचना भ’त्कियो भने कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित ढुंग्रेबास हिरापानी कालोपत्रे सडक छ महिना नबित्दै भ’त्किन थालेको छ । जिल्लामा निर्माण भएका अन्य भौतिक संरचनाको अवस्था पनि त्यस्तै गु’णस्तरहिन छन् । निर्माणका क्रममा विभिन्न चरणहरु पास गर्नुपर्छ । जुनै तहबाट भौतिक संरचना निर्माण भएपनि कामको गु’णस्तरीयता हेरेर मात्र बजेट निकासा गरिन्छ । तर, सिन्धुलीमा भने निर्माणाधिन र निर्माण सम्पन्न भएका संरचनाहरुको अ’नुगमन फि’तलो छ । बिना कुनै सुझबुझ बजेट निकासा गर्दा ठेकेदार कम्पनिले पनि ला’पर्वाही गरिरहेका हुन्छन् । अनुगमनमा निस्किएका प्राविधिकले ठेकेदारको ला’पर्वाही र कामको गु’णस्तरीयतामाथि प्र’श्न नै नगरि स्वीकृत गर्छन् । जनप्रतिनिधिहरु संरचनाको गु’णस्तरीयताका बारेमा पर्याप्त सूचना र ज्ञाननै न’बटुलि प्राविधिक प्रति पूर्ण विश्वस्त हुन्छन् । त्यसपछि, ठेकेदारले गु’णस्तरहिन काम गरेपनि सजिलै पैसा पाउँछन् र उक्त योजना केहि समयमै भ’त्किन थाल्छ । यी सबै प्रक्रियाका बारेमा जनप्रतिनिधि लगायत सम्बन्धित निकाय जानकार भएपनि वा’स्ता नगरेको बुझ्न सकिन्छ । किनभने, सिन्धुलीका धेरै जसो भौतिक संरचनाहरुको अवस्था द’यनिय छ तर त्यसमा ख’बरदारि गर्ने निकाय मौननै छन् ।
सिन्धुलीमा निर्माण भइरहेका भौतिक संरचनाहरुको अवस्थाका बारेमा जानकारी लिन जनप्रतिनिधि लगायत नियमनकारी निकायले क’ञ्जुस्याँइ गर्ने हो भने सिन्धुलीगढीको प्रवेशद्धारमा निर्माण भएको संरचना र कालेपत्रे सडक जस्तै अन्य संरचनाको अवस्था पनि त्यस्तै हुनेछ । तसर्थ, जिल्लामा निर्माण भएका संरचनाहरुको अ’नुगमनलाई तिव्रता दिन तर्फ सम्बन्धित निकायले चा’सो देखाउन जरुरी छ । अतः भौतिक संरचनाको गु’णस्तरीयतामाथि प्रश्न चिन्ह खडा गर्नकालागि आफूले पनि पर्याप्त जनकारी र ज्ञान बटुल्न तर्फ जनप्रतिनिधिले जोड गर्नुपर्छ ।