काठमाडौं, २१,जेठ - नेपाली बजारमा सुनको मू ल्यमा आज घ टेको छ । सुन चाँ दी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ९ सयमा का रोबार भएकोमा आज तोलामा १५ सयले घ टेको हो ।
महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने ते जा वी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।
सिन्धुलीको जुनार पकेट क्षेत्रमा सिंचाई पोखरी
तीनकन्या(सिन्धुली), – सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो बर्ष ४५ वटा सिंचाई पोखरी निर्माण गरिएको छ ।
सु ख्खा मौसममा जुनारका विरुवालाई सिंचाई गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा ती पोखरी निर्माण सुरु गरिएको हो । गोलान्जोर गाँउपालिका–४ तीनकन्याका जुनार किसान सुरेन्द्र ठकुरीले तीन लाख ३० हजार रुपैया खर्च गरी भर्खरै सिंचाई पोखरी निर्माण सम्पन्न गरेको बताउनुहुन्छ ।
जुनार सुपर जोन कार्यक्रमले दिएको ५० प्रतिशत अनुदान अर्थात एक लाख ५० हजार रुपैयामा आफुले पनि एक लाख ८० हजार रुपैया थपेर सिंचाई पोखरी निर्माण गरेको उहाँले सुनाउनुभयो ।
जुनार किसान ठकुरीले भन्नुभयो, “पाँच बाई चार क्ष मता र एक मिटर उचाईको २० हजार लिटर पानी स ङकलन गर्ने पक्कि पोखरी बनाउनु पर्ने प्राविधि स्टमेट भएपनि आफैलाई चाहिने भएकोले लगानी थपेर अलि ठूलो पोखरी बनाएको छु ।” सिंचाईको अ भावमा लामो ख डेरी जाँदा सुख्खा मौसमा जुनारका बिरुवा मर्ने भएकोले सिंचाई पोखरी निर्माणसँगै धेरै सजिलो भएको उहाँको ठम्याई छ ।
उक्त पोखरी निर्माणसँगै किसान ठकुरीको बगैचामा रहेको ३५० बोट जुनार र ३५० बोट सुन्तलालाई सिंचाई सुविधा पुगेको छ । यो बर्ष गएको सिजनमा मात्रै जुनार सुन्तला बिक्री गरी १२ लाख ४८ हजार रुपैया सबै खर्च कटाएर आ म्दानी लिएको उहाँले सुनाउनुभयो । उहाँले झण्डै १६ रोपनी जमिनमा जुनार खेती गर्नु भएको छ ।
सिंचाई पोखरी निर्माणमा खटिनु भएका जुनार सुपर जोन कार्यक्रमका प्राविधिक दिलिप कार्कीका अनुसार यो बर्ष सुपर जोन कार्यक्रम लागू भएको ठाँउमा पाँच बाई चार क्षमता र एक मिटर उचाईको ४५ वटा सिंचाई पोखरी निर्माण भएको छ । सबै पोखरी सुपर जोन कार्यक्रमको ५० प्रतिशत अर्थात एक लाख ५० हजार रुपैया अ नुदानमा निर्माण भएका पनि उहाँले बताउनुभयो ।
४५ वटा सिंचाई पोखरी मध्ये ४१ वटा निर्माण सम्पन्न भई सकेका छन् । बाँकी चार वटा पनि निर्माणको अ न्तिम चरणमा रहेका उहाँको भनाई छ ।
प्राविधिक कार्कीले भन्नुभयो, “हामीले दिने अ नुदानमा किसानले पनि कम्तिमा त्यती नै रकम थप्नु पर्ने र अझ बढी लगानी गरी झन ठूलो पोखरी बनाउछु भन्दा पनि पाँउछन् ।” निर्माण गरेका सिंचाई पोखरी मध्ये सुनकोसी गाँउपालिकाको वडा नं. ७ मझुवामा तीन वटा, कमलामाई नगरपालिकाको वडा नं. ३ जलकन्यामा एउटा, गोलन्जोर गाँउपालिकाको वडा नं. १ मा चार वटा, २ मा तीन वटा, ३ मा चार वटा, ४ मा १३ वटा, ५ मा १२ वटा, ६ मा चार वटा र तीनपाटन गाँउपालिकाकाको वडा नं. ७ तोश्रामखोलामा एउटा निर्माण भएको जुनार सुपरजोन परियोजनाले जनाएको छ ।
जुनार सुपरजोनको कार्यक्षेत्र मझुवा, जलकन्या, रतनचुरा, नाकाझोली, तीनकन्या, बितिजोर, डुडभञ्ज्याङ र तोश्रामखोलामा गरी एक हजार हेक्टर रहेको छ । सिन्धुली जिल्लामा दुई हजार जुनार किसान सुपरजोन कार्यालयमा सुचिकृत छन् भने ३५ सयको हाराहारीमा किसानले जुनार खेती गर्दै आएका छन् । जिल्लामा गएको सिजनमा एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार मेट्रिक्टन भन्दा बढी जुनार उत्पादन भएको थियो ।