शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो , यस्तो छ आजको भाउ

शुक्रवार , जेठ १४, २०७८

काठमाडौं, १४ जेठ- नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रहेको छ भने ते जा वी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले जनाएको छ ।

सिन्धुलीमा बालीघरे प्रथा कायमै

सिन्धुली – दुधौली नगरपालिका–३ का पूर्णबहादुर विक गाउँभरीका कृषि औजार र हा त ह ति यार तयार गर्ने एकमात्र ब्यावसायी हुनुहन्छ । उहाँको यस्तो काम वर्षैभरी चल्छ । यतीधेरै काम भएपछि उहाँको कमाई पनि राम्रै हुन्छ होला भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, उहाँ वर्ष भरिको आफ्नो प रिश्रमिक अन्नपात लिएर चि त्त बुझाउनु हुन्छ । उमेर ५० नाघिसकेका विकले वर्ष भरि गाउँका आफ्ना विष्ट(ग्राहक)को हसिया, कोदालो लगायत कृषि औजार बनाए वापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा अन्नपात लिने गरेका छन । त्यो पनि वर्षमा दुई चार पाथीकै भरमा ।

उहाँले गाउँभरिका विष्टहरुको काम यसरी नै गर्दै आएका छन् । विक त एक प्रतिनिधी पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै ग्रामीण क्षेत्रका द लित समुदायले लुगा सिलाएको, कृषि औजार बनाएको पा रिश्रमिक वापत अहिले पनि बालिघरे प्रथा मै चि त्त बुझाउनु परि ररहेको छ । अर्का सुनकोशी गाउँपलिका स्थित झागाँझोली रातमाटाका सानुमान विश्वकर्मा पनि आरन चलाए वापत मकै र धानमा काम गरि रहनु भएको छ ।

उहाँले कामको पा रिश्रमिक वापत वार्षिक विष्टसँग अन्न लिने गर्नुहुन्छ । सदियौ देखी चलिआएको बालिघरे प्रथा नि र्मुल हुन नसक्दा आफुहरुले काम गरे वापतको मुल्य नपाएको उनीहरुको गु नासो छ । बालिघरे प्रथा अनुसार उनीहरु परिवारबाट भिन्न हुँदा ग्राहकको पनि अं शवण्डा गर्ने गर्छन् । आफ्नो अं शमा परेका ग्राहकको वर्षदिनको औजार बनाउने तथा लुगा सिलाउने काम उनीहरु बालिघरे प्रथाको आधारमा गर्दै आएका छन् ।

परम्परादेखी चलिआएको बालिघरे प्रथा अझै ह ट्न सकेको छैन । सिन्धुलीका ग्रामीण क्षेत्रमा मात्र होइन सदरमुकाम वरपर पनि अहिलेसम्म बालिघरे प्रथा कायम छ । अझै पनि ग्रामीण क्षेत्रमा छु वा छु त प्र था ह ट्न सकेको छैन । त्यसमाथि सदियौ देखि चलिआएको बालिघरे प्रथामा उनीहरु चि त्त बुझाउन बाध्य छन् ।

मुलुकमा द लितको नाममा आ न्दोलन र सवैलाई सम्मानका साथै काममा लगाएपछि प रिश्रम अनुसार मुल्य दिनुपर्ने भाषणहरु नेताहरुबाट हुने गरेको भएपनि त्यस अनुसारको अझै परिवर्तन हुन नसकेको द लित समुदायको गुनासो छ । नेकपा सिन्धुलीका दलित नेता बिनोद विक अझै पनि ग्रामीण क्षेत्रमा बालिघरे प्रथा कामयै रहेको स्वीकार गर्नु हुन्छ ।

“ठुला मेसीन किन्न सक्नेले शुल्क तोकेर काम गरे पनि ग्रामीण भेगका गरीब दलितहरु अझै पनि बालिघरे प्रथाका कारण श्र म शो षणमा परीरहेका छन”, बिकले थप्नुभयो । द लित सम्बन्धि काम गर्ने दर्जनौं संस्था सदरमुकाममा सिमित भइदिदा ग्रामीण भेगका द लितहरु आफ्नो पारिश्रमिक लिन सकिरहेका छैनन् ।

द लितका नाममा आएका लाखौं रुपैयाँ सदरमुकाममा सभा सेमिनार गरेर सकिन्छ तर हाम्रो हितका लागी खासै काम गरेको नदेखिने गरेको बाहुनतिल्पुङ्गका धुर्ब नेपालीले बताउनुहुन्छ । एकातिर जा तीय छु वा छु त र अर्कातिर बालिघरे जस्ता प्रथाका कारण ग्रामीण भेगका द लितहरु श्र म शो ष णमा परि रहेका छन् ।

प्रतिक्रिया