काठमाडौं ०२ जेठ - नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार ६ सयमा का रोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।
महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रहेको छ भने ते जा वी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ ।
सुस्त प्राधिकरण, रु ष्ट सिन्धुलीवासी
सिन्धुलीमा पछिल्लो समय छिनछिनमा विद्युत कटौति हुँदा जिल्लावासी चिन्तित बनेको छन् । विशेषगरि, होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई नेपाल विद्युत प्राधिकरण, सिन्धुली वितरण केन्द्रको सुस्तताले पिडा थपेको छ । अक्सिजन संचालनकालागि पनि विद्युतनै आवश्यकता रहेको र होम आइसोलेसनमा बसेकालाई पानी तताउन, फ्यान प्रयोग गर्न लगायत अन्य उपकरणको प्रयोग गर्नुपर्ने आवश्यकता हुन्छ । तर, सिन्धुली वितरण केन्द्रले यी सबै पक्षलाई नजरअन्दाज गरेर अनावश्यक काम अगाढी बढार्ईरहेको छ । सिन्धुलकिो कमलामाई नगरपालिका–५ मा तार फेर्ने भन्दै केहि समय अघि टेन्डर लागेको थियो ।
ठेकेदार कम्पनिले कोरोना क हरकैबिच काम सुचारु गर्ने प्राधिकरणसँग प्रस्ताव गर्यो । प्राधिकरणले पनि बिना कुनै सुझबुझ ठेकेदार कम्पनिलाई अनुमित दियो । तत्कालकालागि उक्त तार नफेर्दा पनि कुनै जोखिम नरहेको प्राधिकरणकै कर्मचारीहरुले बताएका छन् । त्यसैगरि, तार फेरिहाल्नु पर्ने बाध्यात्मक अवस्थापनि छन् । तर, प्राधिकरणले के केनै बित्न लागेको जसरी विद्युत कटौति गरेर काम सुचारु गरेको छ । जसबाट प्रत्यक्ष रुपमा होम आइसोलेसन, जिल्ला अस्पताल लगायत क्वारेन्टिनमा बसेका कोरोना संक्रमितलाई प्रभाव परिरहेको छ । तसर्थ, प्राधिकरणको कजमोर निर्णयबाट अन्य सरकारी निकायले पनि पाठ सिक्न जरुर िछ ।
सिन्धुलीमा बारम्बार विद्युत कटौति हुने गरेको छ । केहि मिनेटकालागि विद्युत कटौति हुने गर्दछ । प्राविधिक त्रुटि वा समस्याले त्यस्तो समस्या निम्ताउँछ । त्यसलाई सिन्धुलीवासीले स्विकारेका छन् । तर, सधैँजसो एउटा समस्या देखिदा प्राधिकरणको व्यवस्थापन र प्रशासनप्रतिनै नकारात्मक दृष्टिकोण बढिरहेको छ । तसर्थ, प्राविधिक पक्षलाई थप बलियो बनाएर व्यवस्थापनमा थप सक्रियता देखाउन प्राधिकरणका निर्णायक पक्षबाट आवश्यक कदम चालिनुपर्छ । अतः कोरोनाको कहरमा कोरोना सं क्रमितलाई कुनै पनि पक्षबाट असहयोग हुने गतिविधि कसैले पनि गर्नहुदैँन ।
स्वा स्थ्य चौकिको आफ्नै भवनबाट सेवाप्रवाह सुरु
सिन्धुली – कमलामाई नगरपालिका ४ को शहरी स्वा स्थ्य चौकी भवन निमार्ण सम्पन्न भएको छ ।
शनिवार बाट स्वास्थ्य चौकिको आफ्नौ भवनबाट सेवा प्रवाह हुने कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकालले बताउनु भयो । उहाँका अनुसार भवन उद्घाटन कार्यक्रम कोरोना भा इरस माहामारीको कारण स्थगित गरिएको हो ।
“साघँरो भवनबाट सेवा प्रवाह गर्दा अ सहज भइरेहको स्थितिमा नयाँ भवन निर्माण भएपछि सहज हुनेछ ” उहाँले भन्नुभयो, “भवनको उद्घाटन भने अलि पछि हुने छ ।” भवन कमलामाई नगरपालिका ४ साङ्बालेमा निमार्ण भएको छ । स्थानिय शेर बहादुर श्रेष्ठ र राम बहादुर श्रेष्ठले ५० लाख बराबरको ३ कठ्ठा जग्गा स्वास्थ्य भवनको लागि हस्तान्तरण गर्नु भएको वडा अध्यक्ष ढकालले बताउनु भयो । वडाको लगभग ७ लाख लागतमा उपभोक्ता समिति मार्फत भवन निमार्ण सम्पन्न भएको हो । स्वास्थ्य चौकि भवन एक तल्ले निमार्ण गरिएको वडा अध्यक्ष ढकालले बताउनु भयो ।
“कनपा ४ खट्टारबाट भाडामा स्वास्थ्य चौकि थियो” उहाँले भन्नु भयो, “स्वा स्थ्य चौकिको भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु।” स्वास्थ्य चौकी आफ्नै भवनमा सरे सँगै नवर्सुदय युवा क्लबले सरसफाई कार्यक्रम गरेको छ ।
खट्टारबाट स्वास्थ्य चौकिको भवन साङवाले सम्म सरसफाई गरिएको क्लबले जनाएको छ । साथै उक्त क्लबले खट्टार र साङवालेमा कोरोना भाइरस नियन्त्रणको लागि जनचेतनामूल कार्यक्रमको पनि अयोजना गरेका थिए । कोरोनाबाट बच्न मास्क,सेनिटाइजर,बेलाबेला साबुन पानीले हात धुने लगाएको सन्देश नागरिकको घरघरमा पुगेर दिएको थिए । उक्त क्बलसँगै स्थानिय व्यापारी,अगुवा,महिला समुह लगाएतको उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।