काठमाडौं,३१ बैशाख - नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य बृद्धि आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार चार सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । बिहिबार सुनको मूल्य तोलामा चार सयले घटेको थियो ।
महासंघका अनुसार छा पा वा ल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ भने ते जा वी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा प्रति तोला ५ रुपैयाँले गिरावट आउदै आज चाँदी एक हजार ३३० रुपैयाँ कायम भएको छ ।
सम्पूर्ण ध्यान कोभिडतर्फ मोड
बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । पछिल्लो केहि महिना यता नेपालको राजनितिमा धेरै उ थलपुथलहरु आए । माओवादि केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा कम्युनिष्ट पार्टी (नेकपा) वि भाजन हुन पुगे । पार्टीबिचको विवादले सरकारलाई समेत कमजोर बनाएको थियो । कोरोना रोकथाम, नि यन्त्रण र उपचारतर्फ सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्नेमा सत्ताकै खेल धेरै भए । प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनकालागि विशेष अधिवेशन गर्नुभयो ।
विश्वासको मत पाउन नसकेपनि प्रतिपक्ष दलबिच एकता नदेखिदा ओलीकै नेतृत्वमा सरकार गठन हुने भएको छ । प्रधानमन्त्री ओलीले अब भने सम्पूर्ण ध्यान कोभिड १९ ले सिर्जित समस्यामा मलम लगाउनतर्फ केन्द्रित हुन जरुरी छ । प्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा सबै राजनैतिक दलसँग सुमधुर सम्बन्ध राखेर कोभिडले निम्ताएको समस्यामा राहत पुग्ने कामहरु गर्नतर्फ विशेष प्राथमिकता दिनुपर्छ ।
नेपालमा कोरोना सं क्रमितले अक्सिजन नपाएर ज्या न गु माउनु परेको अवस्था छ । कोरोना सं क्रमित दिनानुदिन बढिरहेको हुँदा प्रधानमन्त्री ओलीको सरकारले तत्काल आवश्यक सामाग्री जुटाउन भारत, चाइना लगायत अन्य देशहरुसँग पहल गर्न जरुरी छ । त्यसैगरि, जनशक्तिको अभावका विषयमा पनि सरकारले विशेष ध्यान दिन आवश्यक छ । समग्रमा, कोभिडको दोश्रो लहर शुरु भएदेखिनै कमजोर बनेको सरकारले अब भने बलियो रुपमा कोरोना रोकथाम र नियन्त्रण र उपचारको व्यवस्थापनमा राज्यको श्रोतसाधन लगाउन जरुरी छ ।