शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

घट्यो सुनको मूल्य, कति छ आज ?

शुक्रवार , चैत्र १३, २०७७

काठमाडाैं,१३ चैत्र –नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

यस्तै, शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया