शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहिवार , चैत्र १२, २०७७

काठमाडौं, १२ चैत्र - नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । यस्तै चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया