शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा तेक्वान्दो संघको शाखा गठन

बुधवार , फाल्गुण २६, २०७७

सिन्धुली,२६ फाल्गुण – सिन्धुली जिल्लामा तेक्वान्दो खेलाडीहरुको भेलाले बुधबार नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति गठन गरेको छ ।

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजनामा भएको भेलाले लोकबिक्रम थापाको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कैलास बस्नेत, सचिबमा डम्बरबहादुर आले र कोषाध्यक्षमा चुकबहादुर कार्कीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हरिकृष्ण बुढाथोकी, रमेस नेपाली, सुमन थापामगर, हरि खड्का, राजेश बस्नेत, रामकुमार श्रेष्ठ, उत्तरकुमार वाईवा, मनिष ठकुरी, युबराज भण्डारी र बासु अधिकारीलाई चयन गरेको छ ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका नेता उपेन्द्रकुमार पोख्रेलले खेलकुदले मानिसको शारिरीक विकासमा सयोग पुग्ने चर्चा गर्दै जीविको पार्जनमा समेत टेवा पुग्ने बताउनुभयो ।

त्यस्तै नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केसब पुरीले तेक्वान्दो खेल नेपालमा सर्बाधिक मेडल जित्ने खेल भएको चर्चा गर्दै सिन्धुलीमा उक्त समिति गठनसँगै बागमती प्रदेशका १३ वटै जिल्लामा नेपाल तेक्वान्दो सङघको शाखा गठन भएको जानकारी दिनुभयो ।

खेलाडीले देशको शिर उच्च बनाएको तर राज्यले अझै खेलाडीलाई उपेक्षा गरि रहेको उहाँको गुनासो थियो । तेक्वान्दो खेलाडी लोकबिक्रम थापाको अध्यक्षतामा भएको उक्त भेलामा सिन्धुलीगढी तेक्वान्दो डोजाङका अध्यक्ष डम्बरबहादुर आले र शिक्षा विकास तथा समन्वय ईकाईका शाखा अधिकृत नेत्रप्रसाद गजुरेल खेलकुदको बारेमा चर्चा गर्नु भएको थियो ।

सो अबसरमा नेपाल तेक्वान्दो सङघ बागमती प्रदेशले उपलब्ध गराएको तेक्वान्दो खेलका सामग्री जिल्ला शाखालाई हस्तान्तरण गरिएको थियो । उक्त भेलामा सिन्धुली जिल्लामा तेक्वान्दो खेल भित्र्याउने गुरु चुलाई मुखिया, नेपाल तेक्वान्दो सङघ बागमती प्रदेशका महासचिब हरिहर ढुंगाना लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया