काठमाडौँ, ४ कार्तिक - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदबाट ह टाउने यामलाल कँडेललगायतका सांसदहरूको अ विश्वासको प्रस्तावले नेकपामा वि वाद बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालबीच कर्णाली वि वादको विषयमा मंगलबार बिहान छलफल भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा वि वाद समाधानका लागि के सहमति भयो भन्ने विषयमा दुवैका तर्फबाट परस्पर वि रोधी भनाई सार्वजनिक भएका छन् ।
ओली र दाहालबीचको छलफलमा वि वाद कायमै रहेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार साँझ विज्ञप्ति जारीका गरेका थिए । जसमा कर्णालीको विवाद समाधानका लागि चार बुँदे सहमति भएको दा बी गरिएको थियो । सारमा कर्णाली मुख्यमन्त्रीमा शाही कायम रहने, प्रमुख सचेतकमा कँडेल पक्षका गुलावजंग शाह नै रहने र नेकपा प्रदेश सभा संसदीय दलका नेता शाहीले प्रमुख सचेतक नियुक्त गरेकी सीता नेपालीलाई सचेतकमा कायम गरेर वि वाद पूर्वको अवस्था कायम राख्ने सहमति भएको थापाको विज्ञप्तिमा थियो ।
थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ:
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"बीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु:
१) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ह टाउने निर्णय ब दर गर्ने ।
२) प्रमुख सचेतकमा उहाँ (शाही)द्वारा नियुक्त सीता नेपालीको निर्णय ब दर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३) मुख्यमन्त्रीविरूद्द दर्ता भएको अ विश्वास प्रस्ताव फिर्ता लिने र
४) अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सहमति भएको भनेर विज्ञप्ति जारी गरेपछि अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि प्रेस नोट जारी गरेका छन् । दाहालको तर्फबाट सापकोटाले जारी गरेको विज्ञप्तिमा भने कँडेललगायतका नेताहरूले दर्ता गराएको अ विश्वासको प्रस्ताव खारेज गर्ने र बाँकी विषय प्रदेशसभा तथा पार्टीको प्रदेश कमिटीले तय गर्ने लेखिएको छ ।
'नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र चण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो,' सापकोटाको प्रेस नोटमा लेखिएको छ, 'उक्त छलफलमा अ विश्वासको प्रस्ताव फिर्ता लिने वा खा रेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।'
सापकोटाले मंगलबार जारी गरेको प्रेस नोटको व्यहोरा यस्तो छ–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्र चण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।
उक्त छलफलमा अ विश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै स माधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।
कर्णाली प्रदेशमा अध्यक्ष दाहाल निकट मुख्यमन्त्री शाहीलाई हटाउनका लागि अध्यक्ष ओली पक्षका सांसद कँडेललगायत १८ सांसदले अ विश्वासको प्रस्ताव पार्टी संसदीय दलमा दर्ता गराएका थिए । त्यसपछि प्रमुख सचेतक रहेका कँडेल पक्षका गुलावजंग शाहले उक्त प्रस्ताव अगाडि बढाउन खोजेपछि मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीले शाहलाई ह टाएर सीता नेपालीलाई उक्त जिम्मेवारी दिएका थिए ।
दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले अ विश्वासको प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएपछि कँडेल समूह अ ल्पमतमा परेको थियो । मुख्यमन्त्री शाहीले कार्यशैली बदल्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्ने लगायतका सहमति गरेको बताइएको छ । अध्यक्षद्वय ओली र दाहालले कर्णाली प्रदेशका विवादमा संलग्न दुवै पक्षलाई छलफलका लागि काठमाडौं बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए ।