काठमाडौं , २१ असोज – नेपाली बजारमा आज फेरि सुनको मूल्य घटेको छ । आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर छा पा वाल प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, बुधबार ते जा वी सुनको मूल्य पनि तोलाको ८ सय रुपैयाँले नै घ टेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा का रोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले नै घटेर प्रतितोला एक हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।