काठमाडौँ,२१ असोज – नेकपाको मंगलवार अपरान्ह बालुवाटारमा बसेको बैठक फासफुसमै सकिएको छ । बैठकमा मन्त्रिमण्डल पु नर्गठन र राजदूत नियुक्तिबारे कसैले एक शब्द पनि उच्चारण गरेनन् । अस्ति सरकारले अमेरिका र बेलायतको लागि गरेको राजदूत सिफारिशको आधार र मा पदण्डको कुरो चल्न थालेपछि मन्त्रिमण्डल पुनर्गठन र थप राजदूत नियुक्तिबारे गाईंगुईं नै नभएको बताइन्छ । हुन तः त्यो बारेमा न एजेण्डा नै राखिएको थियो । अन्य झि ना मसिना कु रामै बैठक सकिएको र ठोस कुरा केही पनि नभएको एकजना सदस्यले बताए ।
बैठकमा सांगठानिक ए कीकरणको विषय अहिलेसम्म टुंगोमा नपुगेको प्रसङ्ग उठे पनि उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले यसअघि नै पेश गर्नुभएको सांगठनिक कार्ययोजनासम्बन्धी प्रस्ताव अहिलेसम्म कसैले पनि अध्ययन गर्न पाएका छैनन् । त्यसबारेमा पनि कुरो उठाइएन ।
बरु मंगलवारकोको बैठकमा पूरै समय डा. गोविन्द केसीको अनसनबारे लम्बेतान चर्चा भएको थियो । केसीलाई भेट्न सरकारको तर्फबाट शिक्षा सचिवलाई शिक्षण अस्पताल पठाइएको र सचिवले केसीलाई तपाईंका ‘यी यी मागहरू पूरा भइसकेका र ती सबै कार्यान्वयनको क्रममा रहेकाले अहिले कोरोना म हा मा रीमा अ नसन रोकेर थप विषयमा आगामी दिनमा वार्ता र छलफल गरौंला’ भनेको विषयले बैठकमा प्रमुखता पाएको थियो । नेकपाले पनि केसीलाई अ नसन तो डाउन त्यहि कुरो भन्ने निर्णय गरेपछि मंगलवारको सचिवालय बैठक सकिएको घोषणा गरियो ।
पटक पटक सचिवालयको बैठक बोलाउने तर धेरैजसो स्थगित हुने र बसिहाले पनि पद्धतिसंगत ढंगले आयोजना नगर्ने रोगको पछिल्लो शिकार आजको बैठक पनि बनेको छ । बैठकमा एजेण्डा प्रस्तुत गरेपनि राम्रो र मिहिन ढंगले छलफल नगरी एक्कासी सकिएको घोषणा गर्ने रोग बढ्दै गएकोमा धेरैजना सदस्यले गुनासो गरेको बताइन्छ ।
बैठकमा आजको मुख्य एजेण्डा यो हो भनेर ग हन ढंगले छलफल नै गर्न छाडिएको बताइन्छ । एजेण्डा धेरै अघिको बैठकदेखि थुप्रिँदै थुप्रिँदै चाङ्ग लागेको छ । तर,एकाध घण्टा यसो सतही छलफल भएपछि बैठक सकिएको घोषणा गर्ने रोगले नेकपा थिलथिलो भएको एकथरिको निचोड छ ।
वामदेव गौतमले आज हरेक दिनको बैठक त्यहि दिन औपचारिक रूपमा सकिएको घोषणा गर्दै माइन्युट गर्नुपर्ने विषय उठाउनुभयो । तर,अन्य सदस्यले भने त्यस्ता बैठक हरेक दिन सकिने भन्दा पनि विषय र एजेण्डामाथिको छलफल नसकिउञ्जेल भोलिपल्ट वा लगातार छलफल गरेर टुंगोमा पुग्नसक्ने बनाउनुपर्ने राय पोखेका थिए ।
जन आस्थाबाट साभार