काठमाडौँ, १९ असोज– सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाको रा जीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन्। खतिवडाको ब हिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ। तर प्रधानमन्त्री ओलीको चाहना पौडेलका पक्षमा देखिएपछि उनैको सम्भावना उच्च बनेको हो।
बालुवाटार स्रोतका अनुसार कोभिड म हा मा री ले अर्थतन्त्र स मस्यामा परेका बेला अनुभवी र मन्त्रालय हाँक्न सक्ने क्षमता भएका पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्छ भन्ने सुझाव आइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टीका अर्का अध्यक्ष दाहालको समर्थन पाण्डेले पाएका छन्। तर प्रधानमन्त्री ओली पाण्डेलाई अर्थमन्त्री बनाउने पक्षमा छैनन्। ओलीले न चाहेसम्म पाण्डेको सम्भावना न्यून भएको र विकल्पमा पौडेल देखिएको स्रोतको दाबी छ।यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।
‘पाण्डेलाई राष्ट्रपति र दाहालको साधारण समर्थनमात्र हो। हुनैपर्छ भन्ने अ डान नेपालको मात्र हो’, बालुवाटार स्रोतले भन्यो, ‘त्यसैले ओलीले जसलाई चाहन्छन् उनै अर्थमन्त्री बन्नेछन्।’ स्रोतले पाण्डेलाई अन्य मन्त्रालय दिन ओली सहमत भएको जानकारी दियो। पाण्डे आफैंले भने अर्थबाहेक अन्य मन्त्रालयमा इच्छा देखाएका छैनन्। अर्थ मन्त्रालयका उच्च अधिकारीहरु पनि पछिल्लो समय नयाँ अर्थमन्त्रीमा पौडेलको सम्भावना सबैभन्दा बढी हुँदै गएको देख्छन्।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि ओलीले पौडेललाई नै अर्थमन्त्री बनाएका थिए। सर्वत्र वि रोध हुँदा पनि ओलीकै चाहनामा पौडेलले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएका थिए। पछिल्लो आमनिर्वाचनमा नेकपाले अ त्यधिक मत पाउन यसले ठूलो भूमिका खेलेको थियो।
नेकपाका महासचिव पौडेलको कसैलाई पनि सीधै न राम्रो नगर्ने स्वभाव छ। उनले पटकपटक पार्टीमा आएका स मस्या समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन्। ओलीका विश्वासपात्र भए पनि दाहाल र नेपालले पनि पौडेललाई अर्थमन्त्रीमा हुँदैहुँदैन भन्नसक्ने अवस्था छैन। ओलीको चाहना र अरुले खुलेर वि रोध गर्न नसक्ने भएकाले अर्थमन्त्रीमा पौडेलको सम्भावना सबैभन्दा बढी देखिएको हो।
कोभिडले अर्थतन्त्र स मयस्यामा परेका बेला गैरअर्थशास्त्री नेतालाई अर्थमन्त्री बनाए जनस्तरबाट भने वि रोध हुने सम्भावना छ। कोरोना कालमा पौडेलले अर्थ मन्त्रालय समाल्न सक्दैनन् भन्नेहरु पनि छन्। यसमा केही सत्यता पनि छ। तर विगतमा एकपटक अर्थमन्त्रीको जिम्मेवारी समालेका कारण पौडेललाई अर्थ मन्त्रालय नितान्त नौलो भने हुने छैन। अर्थका अधिकारीहरु पनि एकपटक अनुभव लिएको व्यक्तिलाई धेरै गाह्रो नहुने बताउँछन्।
अर्कोतिर भनेको मान्ने व्यक्ति अर्थमन्त्री भए प्रधानमन्त्रीलाई पनि काम गर्न थप सहज हुन्छ। वार्षिक बजेटबाहेक पनि अर्थमन्त्रीले अरुभन्दा बढी प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्नुपर्ने हुन्छ। पाण्डे अर्थमन्त्री भए ओलीले भनेका सबै काम गर्नेछैनन्। यही तथ्य बुझेका कारण ओलीले सकेसम्म पाण्डेलाई अर्थमन्त्री नबनाउने स्रोतको दाबी छ।
अर्थमन्त्री बन्न चाहना राखेका अर्का नेता वामदेवको बाटो पनि तत्काललाई रोकिएको छ। सार्वजनिक रुपमै मै अर्थ मन्त्रालय चलाउँछु भनेका उनलाई मन्त्री बन्न रोक्नेगरी अदालतमा मु द्दा परेको छ। अदालतले गौतमलाई त त्काल कुनै जिम्मेवारी नदिनू भन्ने आदेश दिएकाले अहिलेको मन्त्रिपरिषद् हेरफेरमा गौतम पर्ने सम्भावना न्यून छ।
विगतमा पौडेल अर्थमन्त्री हुँदा कुनै ठुलो वि वादमा आएका थिएनन्। विदेशी दातृ निकायहरुको छलफलमा खुलेर कुरा राख्न नसकेको भनी आ लोचना भने भएको थियो। आर्थिक अनियमितताका विषयमा कुरा उठेको थिएन। एउटा अर्थमन्त्रीका लागि सबैभन्दा ठूलो पक्ष आर्थिक अनुशासनको विषय हो। सुकुमबासीका नाममा बुटवलमा जग्गा लिएको र बालुवाटार जग्गा प्रकरणमा जोडिनुबाहेक पौडेललाई ठूलो आ रोप लागेको छैन।
पूर्वअर्थमन्त्री भए पनि कोभिड १९ को म हा मा रीबीच मन्त्रालय समाल्दा पौडेललाई यसपटक त्यति सहज हुनेछैन। अहिले संसारमा कतिपय मुलुकका दक्ष र अनुभवी अर्थमन्त्रीलाई पनि काम गर्न समस्या छ। अर्थतन्त्रले समात्ने गतिमा सबैको पेसा, व्यवसाय र दैनिकी निर्भर हुन्छ। कोभिडका कारण जताततै स मस्या देखिएका बेला गैरअर्थशास्त्री पौडेललाई अर्थतन्त्रका सबै क्षेत्रमा ह स्तक्षेप गर्न सजिलो हुनेछैन। अर्थका कर्मचारी र पार्टीका केही विज्ञको सल्लाह लिएर मात्र मन्त्रालय चलाउन सकिने अहिलेको समय होइन। अ स्त व्य स्त अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन खतिवडाजस्ता विज्ञलाई पनि त्यति सजिलो भएको देखिएन।
अहिले अर्थतन्त्रको बाह्य पाटोमा स मस्या छैन। मुलुकभरका आर्थिक विषय अर्थमन्त्रीसमक्ष ठो किएर मात्र बाहिर जान्छन्। अर्थमन्त्रीको एउटा सानो निर्णयले पनि धेरै न राम्रो परिणाम दिन्छ। यो वर्षलाई बजेट आइसकेको छ। आगामी पुसपछि फेरि नयाँ बजेट निर्माणमा लाग्नुपर्ने हुन्छ। स्रोत खुम्चिएको, वैदेशिक सहयोग घटिरहेको, चालु खर्च बढिरहेका बेला अर्थतन्त्रलाई गति दिनेगरी बजेट बनाउन ठूलै चुनौती हुनेछ। विगतमा पौडेल खर्चमा मितव्ययी देखिएका थिएनन्। अर्थशास्त्रीहरु समस्या परेका बेला अर्थमन्त्री छु चो बनेमात्र सफल हुने बताउँछन्।