शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको मूल्य

शुक्रवार , आश्विन १६, २०७७

काठमाडौं १६ असोज - नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो । बिहिबार पनि तोलामा २ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९३ हजार ८ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया