काठमाडौँ,१५ असोज –पूर्व सूचनाअनुसार आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डबीच दिउँसो १२ बजे भेट हुनेवाला थियो । भेटमा स ल्टिन नसकेको मन्त्रीमण्डल प रिवर्तनको बिषय र विभिन्न म हत्वपूर्ण नियुक्ती तथा सिफारिसबारे छलफल हुने तयारी थियो ।
तर अकस्मात प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल बिना नै मन्त्रीपरिषद् बैठक राखेर महत्वपूर्ण निर्णयहरू गरेपछि ओली प्र चण्डबीच फेरि त नाव भएको छ । नियुक्ति र सिफारिसबारे प्रचण्डले ओलीलाई पहिले नै छलफल गर्नुपर्नेछ भनिसक्नुभएको थियो । प्रधानमन्त्रीले पनि हुन्छ भन्नुभएको थियो । तर आज एकाएक नियुक्तिको खबर सुनेपछि प्र चण्डले आजका लागि तय भएको भेट क्या न्सिल गर्नुभयो ।
‘हिजो बिहान ११ बजे ओली प्र चण्ड भेट हुने भनिएपनि ओलीले नै बेलुकाका लागि सार्नुभयो, पछि बेलुकाको प्र चण्डले सार्नुभयो ।’ स्रोतले भन्यो ।
ओली प्र चण्डबीच आज पनि वार्ता हुन सकेन । बिहान ९ बजे भेट हुने भनिएपनि सारेर १२ बजे पु¥याइयो । १२ बजे भेट हुनुअघि नै ओलीले मन्त्रीपरिषद् बैठक राखेर विभिन्न नियुक्ती गरेपछि प्रचण्डले छलफल ५ बजेका लागि सारेर क्या न्सिल गर्नुभयो । भोली भेट हुने–नहुने टुंगो छैन ।
सचिवालय बैठक डाक्ने तयारीमा प्र चण्ड
प्रधानमन्त्रीका निर्णय र कदमबारे पहिलादेखि नै असन्तुष रहेका अध्यक्ष प्रचण्ड आजको नियुक्तीबाट थप रु ष्ट हुनुभएको छ । उहाँले यसविषयमा सचिवालय बैठक डाक्ने तयारी गर्नुभएको छ । मन्त्रालय वि भाजनका विषयमा पनि ओलीले आ लटाल गर्दै आफूले भनेअनुसार मात्रै हुने छाँट देखाएपछि सचिवालय बैठक बसेर ओलीलाई सचेत गराउने प्रचण्डको तयारी छ ।
जन आस्थासाभार