शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

 सुन चाँदीको भाउ बढ्यो

बुधवार , आश्विन १४, २०७७

काठमाडौं १४ असोज - आज नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँ र चाँदी १५ रुपैयाँको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छा पा वा ला सुनको भाउ ९४ हजार ७०० रुपैयाँ र ते जा बी सुनको ९४ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १९० रुपैयाँमा कारोबार भएको महांघले जनाएको छ ।

हिजो मंगलबार सुन तोलामा ९०० रुपैयाँ र चाँदी २५ रुपैयाँले बढेको थियो । मंगलबार छा पा वा ला सुनको भाउ ९४ हजार २०० रुपैयाँ, ते जा बी सुन ९३ हजार ७०० रुपैयाँ तथा चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया