काठमार्डौ,५ असोज – मन्त्रिमण्डल पु नर्गठनको विषयमा छलफल गर्न थप समय चाहिने भएपछि आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंगलबारसम्मको लागि स्थ गित गरिएको छ । हाल रि क्त अर्थमन्त्रालय सहितका मन्त्रालयहरुमा को को मन्त्री बन्ने, को को ह टाउने भन्ने विषयमा स हमति न जुटेपछि नेकपाको आज सोमबार दिउँसो १ बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबार दिउँसो १२:३० बजे बालुवाटारमा बस्ने गरी स्थ गित भएको हो ।
स्रोतका अनुसार मन्त्रिमण्डल पु नर्गठन, संवैधानिक निकायहरुमा गरिने नियुक्त लगायतका विषयहरु प्या केजमा स हमति गर्न बैठक स्थ गित भएको हो । बैठक स्थ गित भएसँगै मन्त्रिमण्डल पु नर्गठन पनि केही पर ध केलिने अ नुमान गरिएको छ ।
उता, नयाँ अर्थमन्त्रीमा प्रदिप ज्ञवालीको चर्चा चल्न थालेको छ । हाल परराष्ट्र मन्त्री रहेका ज्ञवालीलाई प्रम ओलीले अर्थमन्त्री बनाउन चाहेको बताइएको छ । स्रोतका अनुसार पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद पु नर्गठनको नीतिगत निर्णय गरेपछि प्रम ओलीले आफूलाई स जिलो हुने टिम तयार गर्नेछन् । प्रम ओलीले पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिन चाहेको भएपनि उनले पार्टीको महाधिवेशन नजिकै आईसकेकोले महाधिवेशनसम्म पार्टी काममै व्यस्त हुने इ च्छा देखाएपछि प्रम ओलीले ज्ञवालीलाई अर्थमन्त्री बनाउन चाहेको बताइएको छ ।
द्ययपि नयाँ अर्थमन्त्री जोसुकै भएपनि घो ष्ट अर्थमन्त्रीका रुपमा निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रालयको मुख्य क माण्ड गर्नेछन् । प्रम ओलीले अर्थमन्त्रालयमा राज्यमन्त्री नियुक्त गनेर जाने सम्भावना समेत रहेको जनाइएको छ । बालुवाटार स्रोतका अनुसार आगामी बुधबारदेखि शुक्रबारसम्ममा मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने जानकारी दिएको छ । आर्थिक क्षेत्रमा नयाँ अर्थमन्त्री को बन्छ भनेर निकै चासोपूर्वक हेरिएको छ । प्रदिप ज्ञवाली अर्थमन्त्री बनेको खण्डमा विगतका अर्थमन्त्री खतिवडाले भन्दा थप क डाई गर्नसक्ने वि श्लेषण समेत गरिएको छ ।
अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे, वामदेव गौतम, जनार्दन शर्मा, वर्षमान पुनले दावी छोडेका छैनन् । साथै अर्थमन्त्रीका रुपमा विभिन्न व्यक्तिहरुको चर्चा परिचर्चा हुन छो डेको छैन । सम्भवतः यसै साताबाट देशले नयाँ अर्थमन्त्री पाउने पक्का छ ।