शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मन्त्रिपरिषद् पु न र्गठन हुने पक्का

आइतवार , आश्विन ४, २०७७

काठमाडौं, ४ असोज - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पु न र्गठन हुने प क्का भएको छ । तर को–को ह ट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँ की नै छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पु नर्गठन गर्ने नि ष्कर्षमा पुगेका हुन् ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पु नर्गठनको तीन विकल्प पेश गरेको स्रोतले जनाएको छ ।

पहिलो : अहिलेका सबै मन्त्रीलाई ह टाउने

दोस्रो : सुरुमा मन्त्री भएकाहरुलाई ह टाउने

तेस्रो : केही मन्त्री ह टाउने र केहीलाई नि रन्तरता दिने

बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ ह टाउन न हुने धा रणा राखेका छन् । ‘सबै मन्त्रीलाई ह टाउने भन्दा पनि राम्रा काम गरेकाहरुलाई नि रन्तरता दिनुपर्छ’ प्रचण्डले भनेका छन्, ‘तर धेरै नयाँ राख्नु उपयुक्त हुन्छ ।’

वरिष्ठ नेता झलनाथ खनाल उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई ह टाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई नि रन्तरता दिनुपर्ने बताएका छन् ।

बैठकपछि एक सचिवालय सदस्यले भने, ‘आजको छलफल हेर्दा दुई कुरा प्रष्ट भएको छ, मन्त्रिपरिषद् पु नर्गठन हुन्छ र सबै मन्त्री ह ट्दैनन् । तर कोको ह ट्ने, कोको मन्त्री ब न्ने, कहिले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने जस्ता विषय टुं गिन बाँकी नै छ ।’

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् ।

अर्का एक सचिवालय सदस्यका अनुसार मन्त्रिपरिषद् पुनगर्ठन दशैं अगाडि नै पनि हुनसक्छ, दशैं पछाडि पनि ध केलिनसक्छ । यो सचिवालयको छलफल कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ ।

साथै मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग पनि छलफल हुने उनले बताए ।

अनलाइनखबर बाट साभार ।

सम्बन्धित विषय:

प्रतिक्रिया