काठमाडौं,२ असोज – परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई सरकारको प्रवक्ताको समेत जिम्मेवारी दिएपछि आगामी मन्त्रीमण्डल पुनर्गठनमा उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफ्ट गर्न खोजिएको अड्कल लगाइएको छ । तर, पहिले नै उनले सञ्चार मन्त्रालयप्रति इच्छा न राखेको निकटस्थहरुले बताएका छन् ।
बरु, उनले परराष्ट्र मन्त्रालयको जिम्मा पाउनुअघि निर्माण तथा भौतिक योजना मन्त्रालयप्रति चाहना राखेका थिए । हिजो सार्क अर्थमन्त्रीहरुको भिडियो कन्फरेन्समा सहभागी हुन प्रधानमन्त्रीले उनै ज्ञवालीलाई खटाउनुभएको थियो ।
सीसीएमसीको हालैको एउटा बैठकमा ज्ञवाली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच वि वा दा स्पद ओम्नी समूहको विषयलाई लिएर निकै च र्का च र्की परेको बुझिएको छ । उच्च स्रोतका अनुसार ओम्नीलाई नियम वि परित सोझै स्वास्थ्य सामाग्री खरिदको जिम्मा दिन नहुने अ डान ज्ञवालीलगायत अर्का एकजना मन्त्रीले सीसीएमसीको बैठकमा राखेपछि पोखरेल ‘फा यर’ भएर एकलौटी निर्णय गराएका थिए ।
ओम्नी समूहलाई सोझै खरिदको जिम्मा दिने निर्णय गराउन खोजिएको सीसीएमसीको चैत दोस्रो साताको बैठकमा पोखरेलले ज्ञवालीलाई ‘स ङ्कटको बेलामा टाँ ङ्ग अ ड्याउन खोजेको’ आ रोप लगाएको पनि स्रोतको दाबी छ ।
जनआस्थाबाट साभार