काठमाडौँँ,३० भदौ – क्याबिनेट बैठकमा उपस्थित मन्त्रीहरु नै च कित खाने गरी त्यही बैठकको निर्णयअनुसार निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
स्रोतका अनुसार बैठकपछि माइन्युट संशोधन गरेर डा. खतिवडा मन्त्रीसरहको सुविधा पाउने गरी सल्लाहकार नियुक्त भएका हुन् ।
यससँगै गम्भीर प्रश्न उठेको छ कि, क्याबिनेट बैठकमा पेश भएका प्रस्ताव र सार्वजनिक हुने निर्णय फ रक हुने ! सोमबार पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक हवाइसेवा असोज ५ बाट शुरु हुने निर्णय सुनाए । तर, मंगलबार सरकारको तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैठकका निर्णय सार्वजनिक गर्दा १ गतेको कुरा आएको छ ।
डा. खतिवडाबारे भएको निर्णय त बैठकमा उपस्थित मन्त्रीले चालै पाएनन् !
डा. खतिवडा सल्ललाहकार नियुक्त हुने खबर जनआस्थाको अनलाइन संस्करणमा सोमबार नै सार्वजनिक गरेको थियो ।
बालुवाटारस्रोतले जनआस्थालाई बताएअनुसार अर्थ मन्त्रालयमा डमीका रुपमा एक महिला माननीयलाई राज्यमन्त्रीका रूपमा पठाउने र प्रधानमन्त्रीका विशेष सल्लाहकारका रुपमा मन्त्रालयचाहिँ डा. खतिवडाले चलाउने कुरा उल्लेख थियो ।
स्रोतका अनुसार प्रधानमन्त्रीले फेरि आफूखुशी राज्यमन्त्री नियुक्त गर्ने कुरा आएपछि नेकपाबृत्तमा व्यापक विरोध भयो । त्यसपछि उहाँ त्यस्तो कदमबाट प छाडि ह ट्नु भएको छ ।
जनआस्था बाट साभार ।