शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

फेरी बढ्यो सुनको मुल्य

मंगलवार , भाद्र ३०, २०७७

काठमाडौं, ३० भदौ –नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आज छा पावाला सुनको मूल्य तोलाको ६ सय रूपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, ते जावी सुनको मुल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको २० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

हिजो सोमबार सुनको मूल्य तोलाको ४ सय रूपैयाँले बढेर, छापावाला सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया