काठमाडौं, ३० भदौ - वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली असोजको शुरूवात सगै मन्त्रीमण्डल प रिवर्तनको तयारीमा लागेको बुझिएको छ । अहिले भइरहेका मन्त्रीहरुलाई कुनै कारण दिएर ह टाउनुपर्ने भएकाले एउटा मापदण्ड बालुवाटारले तयार गरेको छ । यो बिचमा केपी र प्रचण्डका आ आफ्नै टा उको दुखाइछन । कति सम्म भने एकले गुण तिर्न राख्नै पर्ने र अर्कोले रि स फेर्न फाल्नै पर्ने मन्त्रीहरुको लिष्ट समेत बनेको स्रोतको दाबी छ ।
विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्ड बिछ दुई वर्ष मन्त्री भइसकेकालाई बि दा गर्ने गरी मापदण्ड बनाउने सहमति भएको छ । यसमा लगभग सहमति पनि जुटिसकेको बुझिएको छ ।
दुई वर्ष मन्त्री भइसकेकालाई बिदा दिएर नयाँलाई मौका दिइनेछ । यसरी मापदण्ड बनाउँदा योगेश भट्टराई, घनश्याम भुषाल, वसन्त नेम्वाङ, शिवमाया तुम्बाहाम्फे मात्र टिक्न सक्ने सम्भावना रहन्छ । भानुभक्त ढकाल पनि झण्डै दुई वर्ष मन्त्री भइसकेका छन् । उनलाई सञ्चारमा लगेर सरकारको प्रवक्ता बनाउने तयारी भएको छ । भुमिसुधारमन्त्री पद्मा अर्यालले निरन्तरता पाउने सम्भावना कम छ ।
ओलीलाइ अप्ठ्यारो पर्दा साथ दिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र रामबहादुर थापा बादललाई पुनः मौका दिने पक्षमा ओली भएपनि पार्टीभित्र उनीहरुलाई सरकारबाट हटाउन एउटा समुह नै लागेको छ । पोखरेलविरुद्ध पूर्व एमालेको ठुलो तप्का लागेको छ भने बादलविरुद्ध पूर्व माओवादीकै समुह लागेका छन् । दुई वर्ष मन्त्री भइसकेकालाई बिदा गर्ने मापदण्ड अनुसार मन्त्रीमण्डल पुर्नगठन भएमा पोखरेल र बादल पनि सरकारमा रहने छैनन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री ओलीका विश्वासपात्र हुन् । उनी पनि यसपटक पुर्नगठनमा मन्त्री रहिरहने सम्भावना कम हुँदै गएको छ । बरु शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन लगाएर मन्त्रीमा ल्याउन खोजिएको छ । उनलाई भविष्यमा राष्ट्रियसभामा ल्याउने तयारी छ ।
लेखराज भट्टलाई मन्त्रीमा कायमै राख्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन् उनलाइ पनि प्रचण्ड निकटले जसरी हटाउने मानसिकतामा छन। पूर्व माओवादीका गिरिराजमणि पोखरेल, विना मगर, वर्षमान पुन, शक्ति बस्नेतलगायतको पनि बिदावारीको सम्भावना छ । नारायणकाजी श्रेष्ठको उपप्रधानमन्त्रीसहित सरकारमा सहभागिता हुनसक्छ ।
बामदेव गौतम उपप्रधानमन्त्री सहित मन्त्री बन्ने सम्भावना बलियो छ । तर, उनलाई अर्थ नदिइने भएको छ । गौतमलाई गृहमन्त्रीमा लान खोजिएको छ । बादललाई बिदा गरेर बामदेवलाई ल्याउन पनि दुई वर्ष मन्त्री भइसकेकालाई बि दा गर्ने मापदण्डको विषय उठेको हो ।