शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

तुरुन्तै अर्थ राज्यमन्त्री नियुक्ति हुने

सोमवार , भाद्र २९, २०७७

काठमाडौँ ,२९ भदौ – बालुवाटारमा मौलाएको नयाँ खेलोमोलो हो यो– मन्त्रिपरिषद् पुनर्गठन र वामदेव गौतमलाई राष्ट्रियसभाको सांसदमा शपथ गराउनुअघि नै अर्थ मन्त्रालयमा राज्यमन्त्री पठाइहाल्ने ।

पात्र पनि तयार पारिएको छ, डा. विमला राई पौड्याल । उनलाई राज्यमन्त्री बनाइए पनि प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकार नियुक्त हुन लागेका निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाले नै मन्त्रालयका कामहरु संयोजन गर्ने तयारी रहेको बालुवाटारस्रोतले जनाएको छ ।

राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने तीनमध्येकी एक सांसद हुन्, विमला ।केपी ओलीको अघिल्लो (०७२) को प्रधानमन्त्रीकालमा राष्ट्रिय योजना आयोगको सदस्य बनाइएकी उनी विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएलगत्तै राष्ट्रपतिकी विज्ञ सल्लाहकारका रुपमा नियुक्त भएकी थिइन् ।

उनी विद्यार्थीकालमा धनकुटामा अखिलको राजनीतिमा थिइन् । ०४९ सालमा जिल्ला विकास सभापति भएका धर्मराज पौडेलकी छोरी हुन् । विवाह भने राई थरका पुरुषसँग गरेकी हुन् ।

त्यसयता उनी कुनै पनि राजनीतिक भूमिका र जिम्मेवारीमा छैनन् । जनतासँग नजोडिएको व्यक्ति कुनै विषयको विज्ञ भएकै नाममा मन्त्री हुँदा सरकारलाई पर्ने क्षतिका अनगिन्ती उदाहरण छोडेर भर्खरै डा.खतिवडा मन्त्रीबाट बहिर्गमित भएका छन् ।

विमला पनि गैरराजनीतिक पृष्ठभूमिबाट सांसद बनेकी हुन् ।

नेदरल्याण्डको हेगस्थित इन्ष्टिच्युट अफ सोसल स्टडिजबाट विकास मामिलामा विद्यावारिधी गरेकी उनले त्यसअघि बेलायतको म्यानचेष्टर युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी थिइन् । त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थतन्त्रमा स्नातक तहको अध्ययन पनि गरेकी छन् ।

जनआस्थाबाट साभार ।

प्रतिक्रिया