शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

राजनीतिमा महराको ‘कमब्याक’ कोसिस !

सोमवार , भाद्र २२, २०७७

काठमाडौँ ,२२ भाद्र — संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई ज बर्ज स्ती क रणी उद्योग गरेको आ रोप लागेपछि रा जीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट ५ फागुनमा सफाई पाए । लगत्तै उनको नि लम्बनमा परेको सांसद् पद फु कुवा भयो । सफाइपछि महरा चलिरहेको संसद बैठकतिर लागेनन् ।

बरु आफ्नो निर्वाचन क्षेत्र दाङ, गृहजिल्ला रोल्पा तथा छिमेकी जिल्ला प्यूठानतिर लागे ।अहिले भने उनले नेकपाको राजनीतिमा ‘कमब्याक’ गर्ने चर्चा चल्न थालेको छ । यसका लागि पार्टीका शीर्ष नेताहरूसँग उनी संवादमा छन् ।

महरा आफैं पनि राजनीतिमा चाँडै फर्किने बताउँछन् । ‘राजनीतिमा फर्कन्छु । पार्टीको औपचारिक निर्णयको प्रतिक्षामा छु,’ उनले संक्षिप्त प्रतिक्रियामा भने । पार्टी निर्णयपछिमात्रै थप संवाद गर्ने उनको भनाई छ ।

महरालाई फेरि सक्रिय राजनीतिमा ल्याउने तयारी नेकपाभित्र भएको छ । नेकपाका केही नेताले निवासमै पुगेर महरासँग भेट गरेका छन् । उनलाई सक्रिय पार्टी राजनीतिमा ल्याउन र त्यसैअनुसारको भूमिका दिनुपर्ने आवाज नेकपामा उठेपछि उनलाई ल्याउने तयारी छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ महरालाई अदालतले स फाई दिइसकेकाले उनलाई पार्टीले उपयुक्त जि म्मेवारीमा ल्याउनु पर्ने बताउँछन् । ‘उहाँ पार्टीको सिनियर कमरेड हो । जुन अ भियोग लागेको हो, त्यसमा अदालतबाट उहाँले सफाई पाइसक्नु भएको छ । त्यसैले उहाँका सन्दर्भमा पार्टीले उपयुक्त जिम्मेवारीका बारेमा सोच्नु आवश्यक हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने ।

३० दिन प्रहरी हि रासत र १ सय ३ दिन डिल्लीबजार का रागारमा बि ताएपछि दाङ, रोल्पा र प्युठान पुगेका महराले प्रायः सबै ठाउँमा आफूलाई राजनीतिक ष ड्यन्त्र गरेर फँ साइएको दाबी गरेका थिए । ‘अदालतले न्याय दिएको छ, त्यहीँ कुरा साट्न तपाईंहरूसँग आएको छु,’ उनले सबै ठाउँमा भने । सक्रिय राजनीतिमा हुँदा महरा यसरी कमै जनसम्पर्कमा जान्थे, केन्द्रीय राजनीतिमै व्यस्त रहन्थे ।

रोल्पाको एक पुस्तकालय उद्घाटनमा महराले आफ्नो ‘जे ल या त्रा’ नामक पुस्तक आउन लागेको जानकारी गराए । को रोनाकालमा पनि महराको त्यहाँ स क्रियता रह्यो । महराको यो स क्रियताको कारण उनी पुनः सक्रिय राजनीतिमा फर्कने तयारीमा रहनुलाई बताइएको छ ।

उनले जिल्ला अदालतबाट सफाइ पाए पनि यो मुद्दा पुरनावेदनमा जाने सम्भावना भने बाँकी नै छ । कोरोना म हामारीका कारण यो मु द्दा पुनरावेदनमा जान रोकिएको हो । मुद्दा पुनरावेदनमा गए पनि कानूनी रुपमा त्यसले उनलाई पार्टीमा सक्रिय हुन नरोक्ने कानूनविद्ले बताएका छन् । तर एकथरी राजनीतिक विश्लेषक भने राजनीतिमा सबै कुरा कानूनीमात्र नहुने भन्दै ग म्भीर किसिमको आ रोप लागेकाले सामाजिकरुपमा उनको स्वीकार्यता कति होला त्यो पनि हेर्नुपर्ने बताउँछन् ।

एमसीसी प्रकरणमा प्रधानमन्त्री ओलीको चाहनाअनुसार अगाडि न बढेपछि महरा र प्रधानमन्त्रीको सम्बन्ध बि ग्रिएको थियो । यसैलाई संकेत गर्दै उनले ‘व्यवस्था परिवर्तनका लागि आफूले ठूलो योगदान गरेको भए पनि यहीँ व्यवस्थाभित्रका केही मान्छेको ष डयन्त्रको आफू सिकार भएको’ बताएका थिए ।

‘उनलाई पार्टी राजनीतिमा ल्याउनेबारे अ नौपचारिक रूपमा सचिवालय र स्थायी कमिटीका नेताहरूबीच चर्चा पनि भएको छ । छिट्टै निर्णय आउन सक्छ,’ एक सचिवालय सदस्यले भने । उनका अनुसार महरालाई स्थायी कमिटीमा ल्याउने तयारी छ ।

असोज १४ मा नेकपाको सचिवालय बैठकले नैतिक आचरणमा प्रश्न उठेकाले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई सुझाव दिएको थियो । त्यसै दिन महराले सभामुख पदबाट रा जीनामा दिए । मु द्दा चलेपछि उनको सांसद पद नि लम्बनमा पर्‍यो ।

तत्कालीन एमालेसँग शक्ति बाँडफाँट हुँदा महरा माओवादीको कोटाबाट सभामुख भएका थिए । सफाई पाएपछि महराको निलम्बित सांसद पद फुकुवा भयो । उनले पूर्वसभामुखको हैसियतमा पाउने सेवा सुविधा पनि पाएका छन् । निलम्बन फु कुवापछि उनी संसद बैठकमा पनि सहभागि भइसकेका छन् ।

२०४८ सालमा नेकपा (मशाल) को रोल्पा जिल्ला सेक्रेटरी रहेका महरा त्यसबेलाको आमचुनावमा रोल्पा–२ बाट विजयी भएर पहिलोपटक संसद पसेका थिए । उनी त्यसबेला संयुक्त जनमोर्चाको संसदीय दलको नेता पनि बनेका थिए । माओवादीले सशस्त्र युद्धको घोषणापूर्व नै भूमिगत भएका उनी २०५३ सालमा केन्द्रीय समितिमा पुगे । सरकार–माओवादी पहिलो वार्तामा २०५७ मा उनी माओवादीतर्फ वार्ता टोलीको संयोजक बनेका थिए ।

शान्ति प्रक्रियापछि अन्तरिम संसदमा माओवादीले प्रवेश गर्दा त्यसको नेतृत्व महराले नै गरेका थिए । २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चारमन्त्री भएका महराले त्यसपछिका दुवै संविधानसभा र संसदीय चुनाव जिते । पटकपटक मन्त्र र उपप्रधानमन्त्री भएका महरा २०७४ को निर्वाचनपछि संसदको सभामुख भएका थिए ।

नेकपा अध्यक्ष दाहालका विश्वापात्रका रूपमा काम गरेका महराले श्रृंखलाबद्ध रूपमा लाभको पद पाएको विगत छ । पटकपटक लाभको पद र विभिन्न विवादकाबीच पनि महरा दाहालका सबैभन्दा नजिकका विश्वासिला पात्र मानिन्थे ।

दाहालले महरा विवादमा आएपछि भनेका थिए, ‘उहाँले गरेको गल्ती अपराधिक खालको नभएर नैतिक र आचरणसँग जोडिएको हो ।’ जेलबाट छुटेपछि सबैभन्दा पहिला महराले दाहाललाई नै भेटेका थिए ।

दाहालले पार्टीको आन्तरिक र देशको राजनीतिक जोडघटाउ तथा समीकरण निर्माणमा मात्र होइन अन्तराष्ट्रिय सम्बन्धमा पनि महरालाई खटाउथे । महरा विवादमा तानिएपछि दाहालले भरपर्दो पात्रको अभाव महसुस गर्दै आएको उनी निकटले बताउने गरेका छन् ।कान्तिपुरबाट साभार ।

प्रतिक्रिया