काठमाडौँ ११ भदौ – विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा आफ्नो चार वर्षे कार्यकाल सकिन लागेका बेला कुलमान घिसिङले पुनः नियुक्तिका लागि प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री वर्षमान पुनको विश्वास जित्ने कोसिस गरेका छन्।
घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ। पुनः नियुक्तिका लागि तयार रहेका घिसिङलाई फेरि जिम्मेवारी दिनुपर्ने आवाज सर्वसाधरणबाट चर्को रुपमा उठिरहेको छ।
तर उनलाई पुनः नियुक्ति दिन प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन इच्छुक नरहेको समाचार सार्वजनिक भएको थियो।
लोडसेडिङ अन्त्य गरेका घिसिङले प्राधिकरणमार्फत भएका सबै कामको जस ए कलौटी रुपमा लिएको र आफूलाई प्राधिरणभन्दा माथि राखेर प्रचार प्रसार गराएको भन्दै ओली र पुनले अ सन्तुष्टि व्यक्त गरिरहेका बेला उनले आफ्नो मात्र प्रयासले उपलब्धि हासिल नभएको भन्दै जस बाड्ने प्रयास गरेका छन्।
बिहीबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धिहरु हासिल भएका छन्।’
घिसिङले प्रधानमन्त्री र उर्जामन्त्रीसँग जोडेर अर्को कार्यकालको पुनः नियुक्तिलाई लिएर आएका समाचारमा त थ्यहिन भएको दाबी गरेका छन्।
‘मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा त थ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु, घिसिङले भनेका छन्।
उनले प्राधिकरणले हासिल गरेका उपलब्धि एक प्रयासबाट मात्र संभव नभएको उल्लेख गर्दै ओली र पुनलाई रिजाउने प्रयास गरेका छन्।
उनले विज्ञप्तिमा लेखका छन्, ‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन ‘सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन।’
सरकारले घिसिङको पुनःनियुक्ति बारे अहिलेसम्म कुनै छलफल नै नभएको जनाएको छ। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले ‘सामाजिक सञ्जालले नियुक्त गरे पनि सरकारले छलफलसमेत नगरेको’ बताएका थिए।
यस्तो छ घिसिङले जारी गरेको विज्ञप्ति
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९ को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो।
मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय श्री वर्षमान पुनज्यूलाई जोडेर विगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रा मक समाचार तथा सूचनाप्रति मेरो गम्भी र ध्या नाकर्षण भएको छ।
मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु।
नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र निती तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन्।
लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लो डसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन।
सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु।
कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण
दरबारमार्ग, काठमाडौं ।
मिति २०७७/०५/११ बिहीबार