काठमाडौं, १० भदौ ,-सत्तारुढ दल नेकपा वि भाजन भइहाल्ने ख तरा टा ढा देखिन्छ, तर अहिलेको मूलपार्टी वि भाजित गरेर पुरानै नेकपा (एमाले) व्युँतिने र चुनाव चिह्न ‘सूर्य’ बनाउने गरी च लखेल भएको चर्चा थियो । नभन्दै नयाँ एमालेले ‘सूर्य’ त पायो, तर दुई डाँडाबीचको उदाउँदो सूर्य । चर्चा गरिँदैछ कि, चुनाव चिह्न त्यही हो । तर, निर्वाचन आयोगलाई व्यवस्थापन गर्न बनेको ऐन र कानुनहरुले नयाँ उदाउँदो सूर्यलाई नयाँ एमालेको चुनाव चिह्न मा न्न सक्दैन । ?आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
कुनै तहको निर्वाचन कार्यक्रम घो षणा गर्ने क्रमको एउटा कार्यक्रम हुन्छ, चुनाव चिह्न प्रदान गर्ने । अहिले देशमा कुनै तहको निर्वाचनका कार्यक्रम प्रकाशित छैनन् । तर, राजनीतिक दलहरुको दर्ता, एकीकरण र वि भाजनका सूचना भने कुनै पनि समय खुला रहन्छ । एमाले दर्ता भएको पनि त्यही व्यवस्थाभित्र हो । निर्वाचन आयोगस्रोतका अनुसार, नयाँ एमालेका लागि अ नुमोदित भएको ‘दुई डाँडाबीचको उदाउँदो सूर्य’ चुनाव चिह्न नभएर उक्त दलको संकेत चिह्न (ट्रेडमार्क), अर्थात् लोगोमात्रै हो । राजनीतिक दल दर्ता गर्नुपूर्व उक्त दलको बैठकले तोकेका पदाधिकारी, विधान, राजनीतिक दस्तावेज, केन्द्रीय कार्यालयको ठेगानासँगै नाम, झण्डा र संकेत चिह्न (लोगो) पनि पेश गर्नुपर्छ । त्यही क्रममा एमाले नाममा दल दर्ता गर्ने सामग्री पेश गर्न गएकाहरुले त्यस्तो संकेत चिह्न पेश गरेका थिए । तर, राजनीतिक दल दर्ता गर्न आवेदन गरिएको ४५ दिनभित्र दर्ता हुने वा नहुने कुराको छि नोफानो लागिसक्नुपर्ने कानुनी व्यवस्था भने नयाँ एमालेका सन्दर्भमा लागु भएन ।
कोरोना सं क्रमणका कारण जारी भएको ल कडाउन तथा आवागमनमा गरिएको क डाइका कारण त्यस्तो व्यवस्था प्रभावित भएको नाममा नयाँ एमालेले आवेदन गरेको ६० दिनपछि मात्रै दर्ता हुने मौका पायो । दर्ताको सूचना तथा दर्ता प्रमाणपत्र सम्बन्धित दलका पदाधिकारीलाई दिइन्छ । तर, लिनका लागि कोही गएका छैनन् । शंका गर्ने ठाउँ कहाँ छ भने, नयाँ एमालेले पेश गरेका विधान, राजनीतिक दस्तावेजहरु सबै पुरानो एमालेसँग मिल्दाजुल्दा छन् । जस्तो कि, ‘पार्टीको सिद्धान्त माक्र्सवाद, लेनिनवाद तथा जनताको बहुदलीय जनवाद रहनेछ ।’ जननेता क. मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई पार्टीको मूल राजनीतिक कार्यदिशाका रुपमा पहिला पनि तत्कालिन एमालेले अंगीकार गरेको थियो,नयाँ एमालेले पनि त्यही व्यवस्था गरेको छ । यो काम पूर्वएमाले समूहका यिनै व्यक्तिले गरेका हुन् भन्नका लागि प्रमाण प्रशस्त छ ।
केपी ओलीलाई अध्यक्षमा निर्वाचित गरेको एमालेको नवौँ महाधिवेशनले पारित गरेका वैचारिक तथा सैद्धान्तिक मान्यतालाई नयाँ एमालेको विधानमा उल्लेख गरिएको थियो । त्यसबेला तत्कालिन एमालेका उपमहासचिव घनश्याम भूषालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित भएको थियो । त्यसमा नेपाली समाजको स्वरुप ‘अर्धऔपनिवेशिक तथा अ र्धसा मन्ती’ भन्ने परम्परागत मान्यतालाई संशोधन गर्दै समाजवाद उन्मुख समाजका रुपमा चित्रण गरिएको थियो ।
यससँगै, पार्टीका कार्यकर्ताहरु उद्यमशील उत्पादनसँग सम्बन्धित रहनेजस्ता व्यवस्था नवौँ महाधिवेशनबाट पारित राजनीतिक कार्यक्रममा उल्लेखित थियो । तर, निर्वाचन आयोगले एउटा ‘नवौँ महाधिवेशन’ लाई कोट गरेर राखिएका सबै वाक्यांश हटाइदिएको छ । किनभने, नेपालको कानुनले नवौँ महाधिवेशन भएको नेकपा एमाले नामको दललाई चिन्दैन । किनभने, त्यो त दुई वर्षअघि खारेज भएर नयाँ राजनीतिक दलको स्वरुप ग्रहण गरिसकेको छ ।