काठमाडाैं ९ भदौ – – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आम मानिसले चिन्ने नाम हो।
चार वर्षअघि प्राधिकरणको निर्देशक भएपछि उनले दैनिक १८ घण्टासम्म हुदै आएको लो डसेडिङ शू न्यमा झारे। त्यसपछि सर्वसाधारणले उनलाई ‘उज्यालो’को पर्यायका रुपमा लिने गर्छन्।
तर उनको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ। उनलाई प्राधिकरणका पुनः नियुक्त गरिनुपर्छ भन्ने आवाज सर्वधारणका तर्फबाट च र्को रुपमा उठ्न थालेको छ। पछिल्ला दिनहरुमा सेलिब्रेटीहरुले नै योजनाबद्ध रुपमा उनको पुनः नियुक्ति हुनुपर्छ भन्दै ल बिङ गरिरहेका छन्।
सामाजिक सञ्जाल घिसिङको समर्थनमा रं गिएको छ। तर उनलाई नियुक्ति गर्ने सरकार अझ विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन उनीप्रति स कारात्मक छै नन्।
एउटा राम्रो कामको आ वरणले अरु क मजोरी ढा कछो प गरेको भन्दै उनीप्रति प्रधानमन्त्री केपी शर्मा ओली अ सन्तुष्ट छन्। प्राधिकरकणमा सिइयो नियुक्तिबारे प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जामन्त्री पुनबीच सा मान्य छ लफल सुरु भए पनि नि ष्कर्ष भने न निस्केको बालुवाटार स्रोतको दाबी छ।
प्रचण्डले घिसिङलाई नै नि रन्तरता दिन चाहे पनि ओली र मन्त्री पुन स कारात्मक न भएकाले उनको स म्भावना क म रहेको वि श्वस्त स्रोतको दा बी छ। विद्युतमा ल गानी गरेका निजी क्षेत्रसमेत घिसिङलाई निरन्तरता दिन न हुने भन्दै ल बिङ गरिरहेका छन्।
स्रोतका अनुसार छलफलका क्रममा ओलीले घिसिङमाथि बुँ दागत रुपमै अ सन्तुष्टि जनाएका छन्। घिसिङले ओलीलाई भे ट्न चाहे पनि अहिलेसम्म स मय दि एका छैनन्।
के के हुन् घिसिङप्रति ओलीका अ सन्तुष्टि
– राज्यको लगानीमा व्यक्तिगत जस: प्राधिकरण पूर्ण सरकारी स्वामित्वको कम्पनी भए पनि त्यसबाट भए गरेका काम व्यक्तिको मात्र ज सको विषय होइन। घिसिङले प्रा धिकरणभन्दा पनि आफूलाई मा थि राखेर सोचे।
– लोडसेडिङ अन्त्यमा निजी क्षेत्रको सहयोग छः प्रधानमन्त्री ओलीको बुझाइमा प्राधिकरणको ए कल प्रयासले मात्र लो डसेडिङ अन्त्य भएको होइन। निजी क्षेत्रको पनि सहयोग छ। अहिले झण्डै ६५० मेगावट बिजुली निजी क्षेत्रले उत्पादन गरेका छन्।
– अझै भारतबाट बिजुली आयात भइरहेको छ, बाहिर ह ल्ला गरे जस्तो नेपालकै विद्युत्ले लो डसेडिङ अन्त्य भएको होइन। अझै पनि वर्षामा ३५० मेगावाटसम्म र हिउँदमा ६५० मेगावट बिजुली आयात भइरहेको छ।
– संस्थागत स्रोत सा धनमा व्यक्तिगत प्रचारः स्रोतका अनुसार घिसिङले प्राधिकरणको ख र्चमा आफ्नो व्य क्तिगत प्रचार बढी गरेको प्रधानमन्त्रीको बुझाइ छ। प्रा योजित रुपमा आफ्नो पक्षमा विभिन्न मा ध्यमबाट प्र चारप्रसार गएर सरकार र नेताहरुलाई ब द्नाम गराएको भन्दै ओली असन्तुष्ट छन्।
– नीति कार्यक्रममा समावेश भएको विषयलाई समेत सरकारलाई ज स दि एनन्ः सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा मासिक १० युनिटसम्म बिजुली खपत गर्ने परिवालाई निशुल्क विद्युत् दिने घोषणा गरेर कार्यान्वयनमा ल्याएको छ। संस्थागत हिसाबले सरकार र मातहतका निकायले ज स लिनुपर्ने उक्त विषयलाई घिसिङले प्रा धिकरणकै ए कल निर्णयका रुपमा प्र चार गरे।
– मातहत कर्मचारीमाथि नि रङ्कुश व्य वाहार र भनेको न टेर्ने। घिसिङले प्राधिकरणका कर्मचारीमाथि नि रङकुश व्यवाहार गरेको र आफूले भनेको सामान्य कुरा पनि न मानेकोमा प्रधानमन्त्री ओली र मन्त्री पुन दुवै रु ष्ट छन्। सामान्य खालका स रुवा बढुवा र पदस्थापनमा समेत आफूहरुको कुरा न सुनेको उनीरुको गुनासो छ।
को को छन् संभावित्?
भदौ २९ गते घिसिङले चार वर्षे कार्यकाल पूरा गर्ने भएकाले त्यसअघि नै उनैलाई वा अर्को व्यक्तिलाई नियुक्त गर्नुपर्ने का नुनी बा ध्यता सरकारलाई छ। प्राधिकरणको सिइयो बन्नका लागि कुलमानसहित अरु के व्यक्तिसमेत दौडधुपमा लागेका छन्।
स्रोतका अनुसार घिसिङसँगै विद्युत् नियमन आयोगका अध्यक्ष नविन सिंह, मुकेश काफ्ले, सुशील ज्ञवाली, शेरसिंह भाट मुख्य प्र तिस्पर्धामा रहेका छन्। प्राधिकरणको विनियमावलीअनुसार सिइयो खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्छ।
तर सरकारले अहिलेसम्म भावी सिइयोका लागि विज्ञापन गरेका छैन। पुरानोलाई दोहोर्याउन सरकारले चाहेको खण्डमा वि ज्ञापन नगर्न पनि सक्ने ऊर्जा मन्त्रालय स्रोतको भनाइ छ।
नेकपामा छलफल अनिवार्य
नेकपाभित्र पछिल्लो समय भएको सहमति र कार्यदलले बुझाएको प्रतिवेदनअनुसार राज्यका कुनै पनि निकायमा गरिने नियुक्ति शीर्ष नेता वा सचिवालयमा छलफल गरेर गर्नुपर्नेछ। यस हिसाबले प्राधिकरणको सिइयो यसअघि गरिएका नियुक्ति जस्तो प्रधानमन्त्री ओलीको एकल नि र्णयबाट हु ने छैन।देश सञ्चारबाट साभार