काठमाडौं, ९ भदौ – ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।
विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको ह ल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद मन्त्रालयबाट कुनै प्रस्ताव न गएको बताए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘कुनै निर्णय भएको छैन ।’
मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै नि ष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेपनि यसबारे एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ ।
प्राधिकरणको सिइयोका लागि ऊर्जा मन्त्रालयले औ पचारिक प्रस्ताव लैजानुपर्ने भए पनि मंगलबारको बैठक त्यससम्बन्धी प्रस्ताव नै तयार नभएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दियो।
त्यहाँ एक उच्च अधिकारीले भने, ‘आज प्राधिरणको सिइयो नियुक्ति सम्बन्धी हामीले कुनै प्रस्ताव पठाएका छैनौं ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिने सकिने भएकाले उनैलाई पुन नियुक्ति दिनुपर्ने दबाब जनमानसबाट आइरहेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लो डसेडिङ खे प्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लो डसेडिङ मु क्त बनेपछि उनलाई फेरि सोही पदमा दोहोर्याउनु पर्ने माग हुँदै आएको छ । यसो त घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ ।