शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

संसार ठ ग्ने ‘अमेरिकी ब्ल्या क ड लर स्क्याम’को क नेक्सन नेपालसम्म

आइतवार , भाद्र ७, २०७७

काठमाडौं, ७ भदौ – अ पराध अ नुसन्धान महाशाखा प्रमुख एसएसपी दीपक थापालाई केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सूचकले फेसबुक म्यासेन्जरमार्फत ड लर आ कारको एउटा कागजको टु क्रोको तस्बिर पठाए । तस्बिरसँगै ‘ब्ल्या क ड लर स्क्या म’का एजेन्टले यस्तै कागज प्रयोग गरी ठ गिरहेको सन्देश पनि थियो । त्यति बेला एसएसपी थापाले त्यसप्रति खासै चा सो दि एनन् । सोल्टी होटेलबाट ३० साउनमा प क्राउ परेका मध्य अफ्रिकी मुलुक अंगोलाका नागरिक सिल्भा एन्टोनियो डा कोस्टा (४८ वर्ष)को कोठाबाट ड लर आ कारमा का टिएका का लो कागजका ब न्डल फेला परेपछि मात्र एसएसपी थापा झ स्किए ।

उनी तत्काल वेबसाइटमार्फत ‘ब्ल्या क ड लर स्क्या म’को थप विवरण खोज्न थाले । सूचकले भनेजस्तै कागज प्रयोग गरी क रोडौँ ठ गी हुने गरेको तथ्य भ टाभट फेला पारे । प क्राउ परेका सिल्भा सामान्य अ भियुक्त न भएको नि चोडमा उनी पुगे । सिल्भा बसेको ठमेलस्थित होटेलको कोठामा थप खा नतलासी लिइयो । र, पर्दामा स्टिच लगाएर लुकाइराखेको अवस्थामा थप तीन लाख रुपैयाँ ब रामद भयो । त्यसबाहेक ‘ब्ल्या क डलर’ धु न प्रयोग गरिने रसायनका बो तल, न क्कली नेपाली रुपैयाँ र अमेरिकी डलर भेटिए । नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

‘सामान्य ठ गी मु द्दामा उनलाई प क्राउ गरेका थियौँ, तर बरामद सामग्रीका आधारमा उनी सानातिना ठ ग होइनन् भन्ने पु ष्टि भएको छ,’ एसएसपी थापा भन्छन्, ‘उनी ब्ल्या क डलर स्क्या मकै सदस्यजस्ता देखिन्छन् ।’ महाशाखाले उनीबाट ब रामद का लो कागजका ब न्डल र रसायनजस्तो देखिने झोल प रीक्षणका लागि काठमाडौंस्थित अमेरिकी दूतावास पठाएको छ । दूतावासको रि पोर्ट प्राप्त भएपछि अ नुसन्धानले नयाँ मोड लिने एसएसपी थापा बताउँछन् । भन्छन्, ‘शं का गरेकै को णबाट रिपोर्ट आएमा नेपाल प्रहरीका लागि अ नुसन्धानमा यो नयाँ अ भ्यास हुनेछ ।’

‘ब्ल्याक म नी स्क्या म’लाई ‘ब्ल्या क डलर स्क्या म’ वा ‘वा स वा स स्क्याम’ पनि भनिन्छ । यो डलर आकारको का लो कागज देखाएर ठ गी गर्ने तरिका हो । यसमा केही अमेरिकी ड लर, रसायनजस्तो देखिने त रल प दार्थ र डलर आकारको का लो प्लास्टिकको कागज प्रयोग हुन्छन् । ठ गले पी डितसम्म पुग्न सा माजिक सञ्जाल या इमेल प्रयोग गर्छ  । पुरस्कार परेको प्र लोभनमा ठ गले पीडितको मन जित्छ । र, प्र लोभन देखाउँदै रकम अ सुलिरहन्छ । पी डितले आफू ठ गिएको था हा पाउन्जेलसम्ममा लाखौँ रुपैयाँ गुमाइसकेको हुन्छ । अमेरिका र युरोपेली मुलुक मात्र नभई चीन, जापान, हङकङ र भारतमा पनि यस्तो विधिबाट ठ गी बढेको छ । ठ गी ध न्दामा संलग्न हुनेहरू अधिकांश अ फ्रिकी मुलुकका नागरिक छन् ।

८० लाख ठ गिसकेका थिए सिल्भाले

सिन्धुलीकी माया बस्नेत (नाम परिवर्तन) इन्स्टाग्राममा रमाइरहेकी थिइन् । सोही क्रममा मार्क अरोन नामक एक व्यक्तिसँग च्याटमा कुरा भयो । आफू लन्डनको बुपा क्यामवाल अस्पतालको चिकित्सक भएको र नेपाल आएर विवाह गर्न चाहेको बताउँदै मार्क मायासँग गफिन थाले । गफमा भुलेकी मायालाई मार्कले गिफ्ट र केही युरो पठाएको बताउँदै हीराको औँठी, घडी र सुनका गहनाका तस्बिर इन्स्टाग्राममा पठाउन थाले । माया मक्ख पर्नु स्वाभाविकै थियो । केही समयपछि गिफ्ट भारत आइपुगेको र भन्सारबापतको रकम तिर्नुपर्ने बताउँदै अपरिचित व्यक्तिबाट मायालाई फोन आयो ।

मायाले पटक–पटक गरी ४८ लाख ५४ हजार रुपैयाँ भारत पठाइदिइन् । गिफ्ट नेपालको भन्सारमा आएको र भन्सार महसुल तिर्नुपर्ने खबर फेरि आयो । यसपटक भने उनीसँग २० लाख रुपैयाँ मागियो । र, होटेल एभरेस्टमा बोलाइयो । होटेलमा सिल्भा भेटिए । तर, उनले त्यहाँ रकम लिएनन् । बागबजार हुँदै उनलाई सिल्भाले सोल्टी होटेल पु¥याए । २० लाख रुपैयाँ लिन खोज्दै गर्दा उनीहरूलाई पछ्याउँदै आएका प्रहरीले सिल्भालाई रं गेहात प क्राउ ग¥यो । अ नुसन्धानपछि मात्र उनले सोही विधि अपनाएर विभिन्न व्यक्तिसँग ८० लाख रुपैयाँ ठगिसकेको खुल्यो ।

‘माया मात्र होइन, अरूलाई पनि ठ गेको भेटियो । पी डित आउने क्र म बाँकी छ । ठ गिएको रकमको परिमाण अझ बढ्न सक्छ,’ अ नुसन्धानमा संलग्न महाशाखाका एसपी होबिन्द्र बोगटी भन्छन् ।

ठ गीमा अमेरिकी नागरिक पनि

सेक्युरिटी कार्यालय चलाइरहेका भक्तपुरका सूर्यविनायक–६ का टुकनारायण श्रेष्ठको भेट अ मेरिकी नागरिक डेनियल ली म्यागसँग भयो । लीले सेक्युरिटी कार्यालय अमेरिकामा पनि दर्ता गरिदिने प्रलोभन दिए । अमेरिकामा कम्पनी दर्ता गर्न पाउने लो भमा श्रेष्ठ परे । डेनियलले त्यसका लागि शुल्क लाग्ने बताउँदै १० लाख रुपैयाँ मागे । श्रेष्ठले पनि डेनियलले भनेजति रकम दिए । डेनियल बे पत्ता भएपछि मात्र श्रेष्ठले आफू ठ गिएको थाहा पाए ।

डेनियलको ठ गी त्यतिमै सीमित थिएन । सुजन थापा र सन्दीप कार्कीलाई पनि अमेरिका लैजाने प्र लोभन दिए । र, उनीहरूसँग पाँच लाख रुपैयाँ मागे । यसपटक भने डेनियलको योजना सफल भएन । १८ साउनमा काठमाडौं क्षेत्रपाटीबाट उ नी प क्राउ परे ।

बढ्दै विदेशी नागरिकबाट हुने अ पराध

लकडाउनको अवधिमा अ पराध गर्ने विदेशी नागरिक धेरै पक्राउ परेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्की बताउँछन् । ‘विशेषगरी विदेशी नागरिक ठ गी ध न्दामा बढी संलग्न पाइएको छ,’ उनी भन्छन् ।

विगतमा ला गुऔ षध मु द्दामा विदेशी नागरिक बढी प क्राउ पर्थे । केही वर्षयता भने बैं किङ क सुर, ठ गी, बा लयौ न दु राचार, वन्यजन्तुका अं ग त स्करी, एटिएम ह्या किङलगायत अ पराधमा संलग्नता बढेको छ । र, पक्राउ पर्ने विदेशी नागरिकको संख्या ब र्सेनि बढ्दो छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत पनि पछिल्ला वर्ष नेपालमा विदेशी नागरिक अ पराधमा सं लग्न हुने क्र म बढेको बताउँछन् । ‘ट्रेन्ड विश्लेषण गर्दा आर्थिक अ पराधमा बढी संलग्नता देखिन्छ,’ उनी भन्छन्, ‘चाँडै वि श्वास गर्ने र चाँडो पैसा कमाउन खोज्ने प्र वृत्ति यहाँ देखेर पनि विदेशी नागरिक नेपालमा अ पराधमा संलग्न भएका हुन सक्छन् ।’

प्रतिक्रिया