काठमाडौं, ७ भदौ – नेपाल राष्ट्र बैंकले डलर अर्बपति, सांसद, चौधरी ग्रुपका अध्यक्ष तथा पर्दा पछाडि नबिल बैंकका प्रमुख लगानीकर्ता विनोद चौधरीको डलर आम्दानीको स्रोत नै रो क्ने भएको छ । बैंकले एनबी इन्टरनेशनल लिमिटेडको नामबाट नियमित विदेश लैजाने गरेको वार्षिक दुई अर्बभन्दा बढी रुपैयाँको गै रकानुनी डलरमा अं कुश लगाउने प्र क्रिया शुरु गरेको हो ।
आयरल्याण्डको डब्लिनस्थित उक्त कम्पनीको नामबाट चौधरीले ढाकामा खोलेको सोही नामको कम्पनी नेपालमा सन् १९९५ मा दर्ता भएको हो । त्यसपछि उक्त कम्पनीले विदेशी कम्पनीको हैसियतमा बर्सेनि दुई अर्बभन्दा बढी रूपैयाँ दशकौंदेखि नेपालबाट नि र्वाध बाहिर लगिरहेको छ । जनआस्थामा समाचार छ !
गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि नेपालीले मुलुकभित्र कमाएको रकम नेपालमै लगानी, सञ्चिती वा खर्चिनुपर्ने भन्दै विदेशी मुद्राको गै रकानुनी विदेश प लायनलाई रो क्ने मातहतका वरिष्ठ अधिकृतहरूलाई बताउँदै आएका छन् । अहिले ड लर अर्बपति वि रुद्धको क दमलाई त्यही क्रममा राष्ट्र बैंकबाट भएको विशेष पहलको रूपमा सबैले बुझ्नुपर्ने स्रोतले बताएको छ । स्रोतका अनुसार ‘अन्यत्रका व्यवसायी तथा डलर अर्बपतिले विदेशमा कमाएको रकम आफ्नो मुलुक भित्र्याउँछन् । तर, हाम्राले भने मुलुकलाई दु हेर उल्टै उता लाने गरेका छन् ।’
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) अनुसार नेपाली बैंक तथा वित्तीय संस्थामा विदेशी बैंक तथा वित्तीय संस्थाले मात्र शेयर लगानी गर्न सक्छन् । त्यही आधारमा धेरै अघिदेखि केन्द्रीय बैंकले एनबी इन्टरनेशनल र उसको मुख्य लगानीकर्ता चौधरीलाई पटक–पटक नबिल बैंकमा रहेको ५० प्रतिशत स्वामित्व विदेशी बैंक तथा वित्तीय संस्थालाई बि क्री गर्न ताकेता गर्दै आएको छ । तर, नबिल बैंकलाई मु ठ्ठिमा राखेर सञ्चालन गरिरहेका चौधरीले केन्द्रीय बैंकको पटक–पटकको त्यस्ता ता केता पत्रलाई सधैँ र द्दीको टोकरीमा फा लिदिने गरेका छन् ।
राष्ट्र बैंक उच्च स्रोतका अनुसार ‘एनबीको स्वामित्वमा रहेको शेयर तत्काल बाफियाबमोजिम विदेशी बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्न नबिल बैंकलाई हालै अति ज रुरी तथा गो प्यपत्र पठाइएको छ ।’ ‘अफिस कपी’ आफैँले गभर्नरको कार्यालयमा निकै सु रक्षितसाथ राखेर नबिललाई लेखिएको पत्र गो प्य तवरले सानेपा पु-याउन स्वयं गभर्नरले अह्राएका थिए ।
सु रक्षित र गो प्य तवरले उक्त पत्रलाई सानेपा पु-याएर ‘साहुजी’ लाई जानकारी गराउनुपर्ने उनको योजनालाई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सहजीकरण गरेका हुन् । तर, तोकिएको समयभित्र पनि नबिल बैंकले उक्त पत्रको जवाफ नपठाएपछि राष्ट्र बैंक क डा रूपमा प्रस्तुत हुन लागेको बताइएको छ । यसको छनक केही दिनपहिले गभर्नर स्वयंले बैंक उच्च व्यवस्थापनलाई दिइसकेको पनि स्रो तको दाबी छ ।
नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत शेयर लगानी छ । ढाकामा दर्ता कायम रहेको एनबीको आ वरणमा जो देखिए पनि भित्री स्वामित्व भने सबै चौधरी ग्रुपकै हो । नबिलको हरेक वर्षको खुद नाफाको ५० प्रतिशत लाभांश उक्त संस्थाले ड लरमा परिवर्तन गरेर ढा का हुँदै आवश्यकताअनुसार संसारको कुनैपनि देशमा पु-याउने गरेको छ । ग्रुपले विश्वका विभिन्न देशमा खोलेका होटल र रिसोर्टमा त्यही रकम लगानी हुने गरेको छ ।
०७५/७६ मा नबिलले हालसम्मकै सबैभन्दा धेरै ४ अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो । त्यसमध्ये एनबीले दुई अर्ब १२ करोड रुपैयाँभन्दा बढीको लाभांश रकम विदेशी मु द्रामा परिवर्तन गरी ढाका लग्यो । ०७०/७१ मा २ अर्ब ३२ करोड, २०७१/७२ मा २ अर्ब ९ करोड, ०७२/७३ मा २ अर्ब ८२ करोड, ०७३/७४ मा ३ अर्ब ७४ करोड, ०७४/७५ मा ३ अर्ब ९८ करोड र ०७५/७६ मा बैंकले तीन अर्ब ५७ करोड गरी पछिल्लो सात वर्षमा २३ अर्ब रुपैयाँभन्दा बढी खुद मुनाफा गरेको छ । त्यसमध्ये १२ अर्ब रुपैयाँभन्दा बढीको विदेशी मुद्रा पछिल्लो सात वर्षमा मात्र एनबीको नाममा चौधरीले विदेश पु-याएका छन् । त्यही अनुपातमा पछिल्लो साँढे दुई दशकमा लगिएको विदेशी मुद्राको हिसाब निकाल्ने हो भने अर्बौं नाघ्ने बताइएको छ ।
भारत र युरोपमा समेत कारखाना खोलेर वाईवाईको बिक्री अमेरिकामासम्म पु-याएका छन् । तर, त्यसबाट प्राप्त हुने नाफा जति सबै उतै राख्ने गरिएको छ । विदेशका होटल, रिसोर्ट र अन्य व्यवसायबाट नाफा कमाएर डलर अर्बपति भएका चौधरीले उताको लाभांश भनेर हालसम्म ‘एक कौ डी’ पनि नेपाल भित्र्याएका छैनन् ।
आठ वर्षअघि राष्ट्र बैंकले एनबी इन्टरनेशनललाई विदेश लाभांश लैजान रोक लगाएको थियो । उक्त रोकपछि अ ख्तियार दु रूपयोग अनुसन्धान आयोगले समेत एनबी इन्टरनेशनलको वास्तविक हैसियतबारे अ नुसन्धान था ल्ने बताएको थियो ।
बाफियाबमोजिम विदेशी बैंक तथा वित्तीय संस्थाले मात्र नेपाली बैंकमा संयुक्त लगानी गर्नसक्ने भएकाले बंगलादेशी कम्पनी एनबीको हैसियतका बारेमा आवश्यक अ नुसन्धान थालिएको अ ख्तियारले नै बताएको थियो । त्यसबखत चौधरीले प्रकाशन गरेका आत्मकथा पुस्तकलाई समेत अ ख्तियारले आ वश्यक अ नुसन्धानको घे रामा राखेको थियो ।
अ ख्तियार स्रोतका अनुसार पुस्तकमा विनोद चौधरीले अ प्रत्यक्ष रूपमा एनबी इन्टरनेशलमार्फत नबिललाई आफ्नो का बुमा राखेकोतर्फ सं केत गरेको बारेमा सु क्ष्म अ ध्ययनसमेत गरियो । तर, अ ख्तियारको उक्त प्रयासलाई एकाएक भित्रै दबाइएपछि अहिले अधिकारीले फेरि ‘पुरानो इस्यु’ उ छिन्ने को शिस गरेका हुन् ।