शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेकपा कार्यदलले ओली-प्र चण्डलाई बु झायो यस्तो रिपोर्ट

शनिवार , भाद्र ६, २०७७

काठमाडौं ६ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले वि वाद स माधानका लागि सु झावसहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्र चण्ड'लाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको तर्फबाट महासचिवसमेत रहेका कार्यदल संयोजक विष्णु पौडेलले अध्यक्षद्वयलाई वि वाद स माधा नका लागि सु झावसहितको प्रतिवेदन बुझाएका हुन् ।

कार्यदलका एक सदस्यका अनुसार स्थायी कमिटीको बैठकलाई नियमित ए जेण्डामा लैजाने, प्रधानमन्त्रीको रा जीनामा बैठकको ए जेण्डा न बनाउने, सैद्धान्तिक तथा वि वादका अन्य विषय महाधिवेशनबाट टुं गो लगाउने र चैतमा महाधिवेशन गर्नेगरी सुझाव दिइएको छ । त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेरमात्रै गर्नेलगायतका कुरा पनि समेटिएको छ ।

त्यस्तै सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने र पार्टीको सबै कार्यकारी अधिकार प्र चण्डमा हुने प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारको मन्त्रिमण्डल र आवश्यकता अनुसार प्रदेश सरकार हे रफे र गर्ने, कोरोनाको सं क्रमण कम भएपछि केन्द्रीय कमिटी बैठक बोलाउने लगाएतका विषयमा प्रतिवेदनमा उल्लेख गरिएको ती सदस्यले जानकारी दिए ।

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी गरिएको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय ओली-प्रचण्डले महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदल गठनलाई सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

यस्तो छ कार्यदलको सुझाव :

- प्रधानमन्त्री केपी ओलीको रा जीनामाको मागलाई था ती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

- सैद्धान्तिक तथा वि वादित अन्य विषय महाधिवेशनबाट टुं गो लगाउने ।

- आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।

- सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

- सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारमा केही हे रफेर गर्ने ।

- कोरोना सं क्रमणको अवस्था स हज भएपछि केन्द्रीय समितिको बैठक बोलाउने ।

प्रतिक्रिया