काठमाडौँ,१ भदौँ – सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका– ३१ नयाँबानेश्वर बस्ने रञ्जित (नाम परिवर्तन) ले ल कडाउन खुलेसँगै आफ्नो व्यवसाय पनि सुचारू गरे । उनी ज्वेलरी (सुन पसल) सञ्चालन गर्छन् । पसल खोलेपनि १०/१५ दिनमा खासै व्यापार भएन । फा ट्टफुट्ट ग्राहक त आए, तर सुनको मूल्यमा भएको अ स्वाभाविक वृद्धिका कारण किन्ने भन्दा बेच्ने ग्राहक बढी आउँथे ।
एक दिन एकजना युवती आइन् । देख्दा सम्पन्न परिवारको जस्तो देखिने ती युवतीले पसलमा आएर डेढ तोलाको एउटा सिक्री चाहिएको बताइन् । पसलमा लगभग १ घण्टा बस्दा उनको बोलिचाली, हाउभाउ हेर्दा खानदानी छोरीजस्ती देखिन्थिन् ।
रञ्जितलाई लाग्यो, आजको व्यापार राम्रै हुने भयो । ती केटीले बनाइराखेको सिक्री छानिन्, उनले भनेजस्तै डेढ तोलाको सिक्री पाइन् । रञ्जितले त्यो बेलासम्म उनलाई राम्रै सम्मान पनि गरे । चिया खुवाए, चिसो खुवाए । उनलाई लाग्छ, ग्राहक भगवानका रूप हुन् ।
पैसा दिने बेलामा आफूले क्या स (नगद) ल्याउन भु लेकाले चेक मिल्ने भए चेक दिने बताइन् । उनले सहजै स्वीकारे, देख्दा सम्पन्न लाग्ने केटीको बैंक खातामा पैसा त पक्कै होला ! रञ्जितले चेक स्वीकारे । ती युवती सिक्री लिएर आफ्नो गन्तव्यतर्फ लागिन् ।
रञ्जित तत्कालै बैंकमा गए । बैंकमा पुगेपछि थाहा भयो, पैसा न भएको खाताको चेक दिएकी रहिछन्, चेक बा उन्स भयो । उनी छाँ गाबाट ख से जस्तै भए । चेक बा उन्स भएपछि उनले तत्काल महानगरीय अपराध महाशाखामा उ जुरी दिए ।
ब न्दाबन्दीभन्दा अगाडि न्युरोडको एक गहना पसलमा एक युवती आइन् । घाँटीमा र हातमा सुनका गरगहनाले सजिएकी ती युवतीले आफूलाई हि राको औंठी चाहिएको बताइन् । पसलमा रहेका कामदारहरूले उनलाई हिराको औँठी छानीछानी देखाए । उनले केही समय लगाएर एउटा औँठी छानिन् । त्यति बेलासम्म पसलेले उनलाई चिया, चिसोलगायत खुवाइसकेका थिए ।
उनले औँठी किनेपछि पैसा दिने बेला क्रे डिट कार्ड र पैसा ल्याउन बिर्सेको भन्दै चेक लिने भए औंठी लैजाने बताइन् । हेर्दा सम्पन्न परिवारको जस्तो देखिने उनीसँग चेक लिँदा फरक नपर्ने लागेर पसलेले चेक लिएर उनलाई औँठी दिए । अन्य समयमा पनि अन्य ग्राहकहरूले पनि चेक दिएर सामान लैजाने गरेका थिए ।
सोही दिन चेक साट्न जान पाएनन् । अर्को दिन अन्य चेकहरूसँगै एकमुष्ट बैंकमा हालिदिए । तेस्रो दिन बैंकले एउटा चेक बा उन्स भएको खबर गर्यो । त्यो चेक तीनै युवतीको थियो । पसलले सम्पर्क गर्न खोज्दा फोन सम्पर्क पनि भएन् ।
त्यसपछि ल कडाउन भयो, उनीहरूले प्रहरीलाई उ जुरी दिन गएका थिएनन्, प्रहरीले एक जना युवतीलाई प क्राउ गर्यो अरू कोही ठ गिएको भए सम्पर्कमा आउनु भन्दै फोटो सार्वजनिक गर्यो । फोटो देख्नेबित्तिकै उनले चिनिहाले, तिनै युवती थिइन् ती ।
सुन पसलमा गएर चेक दिने र सुन पसलेलाई प्र भावमा पारेर ठ ग्ने युवती थिइन्, झापा शान्तीनगर नगरपालिका वडा– ६ की २९ वर्षीया शारदा मगर । काठमाडौंको सानो गौचरनमा फ्ल्याट लिएर बस्दै आएकी २९ वर्षीया मगरले सुन पसलेलाई प्र भावमा पारेर ठ ग्ने कुरालाई नै आफ्नो पे शा बनाएको पाइएको अ पराध महाशाखाले जनाएको छ ।
उनले विभिन्न समयमा गरेर ४ लाख ३६ हजार रुपैयाँ बराबरको सुन ठ गेको उजुरी परेपछि महानगरीय अ पराध महाशाखाले साउन २८ गते बेलुका ८ बजे ज्ञानेश्वरबाट प क्राउ गर्यो । सुन ठ गेर ज्ञानेश्वरमा महंगो फ्ल्याट लिएर बस्ने गरेकी शारदालाई प्रहरीले उनी बस्ने फ्ल्याटबाटै प क्राउ गरेको अ पराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए ।
विवाह भएर एक सन्तानकी आमा शारदाको श्रीमानसँग भने स म्बन्ध वि च्छेद भइसकेको छ । उनले विभिन्न ठाउँका गहना पसलमा जाने, आफूलाई सम्पन्न परिवारको जस्तो देखाउने र सुन ठ ग्ने गरेको अ नुसन्धानमा खुलेको प्रवक्ता कार्कीले बताए ।
एसपी कार्कीका अनुसार उनले एउटा पसलबाट ठ गेको सुन अर्को पसलमा लगेर बे च्ने वा धि तोमा राखेर पैसा ल्याउने गरेको खुलेको छ । त्यही काम गरेर उनले काठमाडौंमा महँगो फ्ल्याटमा बस्ने र हाइफाइ लाइफ बिताउने गरेको पाइएको छ ।
उनले विभिन्न समयमा गरेर डेढ तोलाको सिक्री एक थान, ४५ लालको सुनको लकेट १ थान, १ तोला ५२ लालको सुनेको ब्रासलेट, एउटा हिराको औँठी र ३५ लालको सुनको औँठी ठ गी गरेको अ नुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।
मगरलाई मुलुकी अ पराध (संहिता) ऐन–२०७४ को दफा २४९ (३) (ग) अनुसार सात वर्षसम्म कै द र स त्तरी हजार रुपैयाँसम्म ज रिवाना हुन सक्ने महाशाखाले जनाएको छ ।
लोकान्तर बाट साभार