शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

घु स लिने सिन्धुलीका २ प्रहरी नि लम्वित

आइतवार , श्रावण ३२, २०७७

सिन्धुली,३२ साउन – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घुस लिने सिन्धुलीका २ जना प्रहरीलाई नि लम्बन गरेको छ ।

आईतवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनिहरुलाई घु स खाएको आरोपमा नि लम्बन गरेको हो । उनीहरूलाई बा ६ ख ५५६३ नम्बरको सवारी साधनसंग रकम लिएको भन्ने उजुरीको आधारमा निजहरु प्रारम्भिक सोधपुछ गर्दा रकम लिएको भन्ने पृष्टी भएपछि थप छानबिनको लागि उनीहरुलाई निलम्बन गरीएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनु भयोे ।

नि लम्बन पर्नेमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान बिर बहादुर प्रसाद यादव रहेका छन ।

नि लम्बन गरिएका प्रहरीहरुको सम्बन्धमा थप छानविन जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा थप छानबिन गर्न समिती गठन गरेको छ । बाग्मती प्रदेश प्रहरी कार्यालयले डियुटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरीलाई पुरस्कृत र गैह्र व्यवसायीक कार्यमा संलग्नलाई कारवाही गर्दै आइरहेको छ ।

प्रदेश कार्यालयले प्रहरी कर्मचारीहरुबाट सम्पादन भइरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स नै गठन गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरीएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले बताउनु भयो ।

उहाँका अनुसार हाल सम्म सेवाग्राहीसंग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित १३ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन भने डियुटीमा ईमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भैसकेका छन ।

यस अघिपनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना प्रहरी नि लम्बन मा परेका थिए । नि लम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, डोरबहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा हुन ।

उनिहरु सिन्धुलीका प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, ,प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया