शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिकाको प्रेमी माथवरसिंहका सन्तान

आइतवार , श्रावण ३२, २०७७

काठमाडौँ,३२ साउन – छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ ।

प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ । ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर–भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठा युवकसँग प्रेममा परेकी ।

पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, ल कडाउनको बेला टिकटक ट्रेण्डमा आमा र बहिनीसहित सहभागी हुँदा निक्कै फ्यान बटुलेकी छन् । उनीहरुले धरानका पत्रकार गोपाल देवानको शव्दमा गायक सविना राईको गीत ‘गुराँशको फेदमुनि सम्झनाको छायाँ’ मा दिएको प्रस्तुति पूर्णिकाकै अकाउण्टबाट पोष्ट भएको थियो । फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन् । उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो मायामा डुबेकी हुन् । उनले आफू गहिरो प्रेममा परेको कुरा त सार्वजनिक गरेकी छन् । तर, जनआस्थाले फेला पारेको छ, ती प्रेमी ।

उनी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान । वि.सं १८७१–७३ को नेपाल–अंग्रेज यु द्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन्, नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच वर्षे पदावधि लागेर अ वकाश पाएपछि सेभ दि चिल्ड्रेनमा कार्यरत राजीवबरसिंह थापाहरु । पूर्णिकाका प्रेमीचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिजा धर्म हुन्, धर्म । सुशील र राजीव १३ दिने दाजुभाइ हुन् ।

थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन् । काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिलादेखि नै शाही परिवार नजिक छ । तर, पूर्णिका र धर्मको भेट यसरी भएको होइन । सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी भएकी उनले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन् । बुझ्दै जाँदा पत्ता लाग्यो, राम्रो परिवारको सदस्य भन्ने कुरा ।

धर्मको पारिवारिक विरासत राम्रो, तर काका–बाबुचाहिँ अ न्यायमा परेका । बाबु सुशीलबरसिंह थापा प्रहरीको डिआइजी हुँदा आफ्नै व्याची उपेन्द्रकान्त अर्यालको विशेष स्नेहमा कमी भई तलैबाट ग लहत्याइएका । यादव अधिकारीहरुसँगै मु द्दा लिएर सर्वोच्च गए । त्यहीँको आदेशले एआइजीको फुली लगाए, तीन महिना हाजिर गरेर रिटायर्ड भए । काका राजीव स्टाफ कलेज गरेका, तालिमहरुका टप फाइभमा पर्ने, राम्रा मान्छे । तर, माथि दरबन्दी खालि हुँदाहुँदै लेफ्टिनेन्ट कर्णेलको पाँच वर्षे अवधीबाट रिटायर्ड भए ।

धर्म सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचबिखनको काम गर्छन् । प्रायः दरबारमार्ग, ठमेल र लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ । रमाइलो कस्तो छ भने, कतिपय डेटिङमा आमा हिमानी पनि साथ हुन्छिन् । पूर्णिका निकट एकजना साथीले जनआस्थालाई सुनाइन्, ‘करिव एक वर्षअघिको एउटा जमघटमा त हिमानी छोरीका प्रेमीसँग मज्जाले नाचिन्, त्यसबेला पूर्णिका ताली बजाइरहेकी थिइन् ।’ उता, बाबु पारसको खबर भ द्रगोल छ ।

एकजना युवतीसँग प्रेममा रहेका पारस पछिल्लो समय पोखरातिर बस्न थालेका थिए । काठमाडौं नफर्किने बाचा थियो । तर, असारको १९ गते धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ‘इनफ इज इनफ’ अभियान चलाएर अ नसन बस्ने इञ्जिनियर इशान अधिकारीलाई भेट्न पुगे । जनताको जीवन र क्षाका निम्ति कोरोना म हामारी नि यन्त्रण गर्न सरकारबाट प्रभावकारी व्यवस्थापनको माग गर्दै बसिएको उक्त अ नसनमा सहभागी इशान हुन्, तनहुँ घर भएका, पारसको कुटाई खाएर नेपाली सेनाको मेजरबाट जागिर छाड्ने ईश्वर अधिकारीका छोरा हुन् ।

सामाजिक अभियन्ता तथा वरिष्ठ कर प्रशासक स्व. भीमबहादुर अधिकारीका नाति । राणाकालदेखि जागिर खाएर कर व्यवस्थामा निपूर्णता हासिल गरेका भीमबहादुर झण्डै सय वर्ष बाँचेर केही समयअघि दिवंगत भएका थिए । उनलाई सरकारले अ वकासपछि पनि करारमा जागिर लगाएको थियो । रमाइलो के छ भने, ईश्वर अधिकारी दरबार ह त्याकाण्डताका सैनिक प्रहरीमा थिए, त्यहीँबाट शाही र क्षकमा खटिएका ।

पारसले म दिराको न शामा ब बाल गरेपछि तत्कालिन युवराज दीपेन्द्रले ‘बाँ धेर ल्याउनु’ भन्ने आदेश दिएका थिए । आदेशानुसार पारसलाई दीपेन्द्र भएको ठाउँमा लैजान खोज्दा ईश्वरले पिटाइ खाए । दरबार ह त्याकाण्ड भएकै साल (०५८ असोज) पारस युवराज घो षित भएपछि ईश्वर जागिर छाडेर अमेरिका छिरे । उतै हुँदा नेपालमा रहेकी पत्नी छायाँ चन्द (हालै दि वंगत कलाकार जयनन्द चन्दकी छोरी) रजनिश भक्त विवाहित झापालीसँग गएकी हुन् । पत्नीले छाडेर सेन्ट जेभियर स्कुल पढ्ने दुई छोराको बि जोग भएपछि ईश्वर स्वदेश फर्किएर बनस्थली चोकभित्र घर बनाई सानो ग्रोसरी दुकान खोली बसेका छन् । यिनै ईश्वरलाई गत साता पारसले अस्पतालको प्रांगणमा भेटी हात समातेर छोराको अ नशनमा ऐक्यबद्धता जनाएका थिए ।-जनआस्थाबाट

प्रतिक्रिया