काठमाडौं, ३१ साउन- अमेरिकी वैज्ञानिकहरुले यस्तो इनहेलर बनाएका छन् जसले कोरोना भा इरस सं क्रमण रोक्ने काममा पीपीइभन्दा पनि बढी सुरक्षा दिनेछ । यो दावी क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ताहरुले आफ्नो शोधपत्रमा गरेका हुन् । यो इनहेलरलाई एरोनेब्स नाम दिइएको छ । यसलाई प्रयोग गर्नको लागि आफ्नो नाकमा स्प्रे गर्नुपर्नेछ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको आधिकारिक वेबसाइटमा यो शोधबारे विस्तृत रिपोर्ट प्रकाशित गरिएको छ ।
यो इनहेलरमा विशेष किसिमका ‘नानोबडी’ छन् जो कोरोना भा इरसलाई पीपीइले भन्दा प्रभावकारी तरिकाले रोक्न सक्षम छन् । यो नानोबडी लामा र ऊँटजस्ता जनावरहरुमा पाइन्छ जसले शरीरलाई निकै प्रभावकारी रोग प्रतिरोधी क्षमता दिन्छन् । इनहेलरमा प्रयोग गरिएको नानोबडी भने प्रयोगशालामा तयार गरिएको हो । लामा र ऊँटको र गतबाट लिइएको नानोबडीलाई प्रयोगशालामा जैविक तरिकाले परिमार्जन (जेनेटिकली मोडिफाइ) गरेर खास रुपमा कोरोना भा इरसलाई नै रोक्ने गरी विकसित गरिएको हो ।
प्रयोगशालामा प्रयोगको क्रममा कोरोना भा इरसले शरीरमा गर्ने सं क्रमण रोक्न एन्टिबडीले काम गर्ने देखिएको थियो । एन्टिबडीजस्तै नानोबडी पनि प्रोटिनबाटै बनेका हुन्छन् । नानोबडी एन्टिबडीको सूक्ष्म रुप हो । नानोबडी प्रयोगशालामा निकै अधिक संख्यामा बनाउन सकिन्छ । नानोबडीको खोजी १९८० मा बेल्जियमको एक प्रयोगशालामा भएको थियो ।

शोधकर्ताहरुका अनुसार जब कोरोना भा इरसले सं क्रमण फैलाउनको लागि आफ्नो स्पाइक प्रोटिनको सहायताले मानिसको एसिइ २ रिसेप्टरसँग जोडिने प्रयास गर्छ, त्यहीँ यी नानोबडीले भाइरसको प्रोटिनलाई रोकिदिन्छन् । यस्तो भएपछि भा इरस मानव शरीरको एसिइ २ रिसेप्टरसँग जोडिन पाउँदैन र सं क्रमण हुँदैन । एसीइ २ रिसेप्टर मानिसको शरीरका कोशिकाहरुको सतहमा हुन्छ र यो कोरोना सं क्रमणको प्रवेश द्वार हो ।
शोधकर्ता पीटर वाल्टरका अनुसार जबसम्म कोरोना भ्याक्सिन बन्दैन वा जसलाई भ्याक्सिन उपलब्ध हुँदैन तबसम्म एरोनेब्स भा इरसबाट सु रक्षित राख्ने स्थानी विकल्प हुन सक्छ । सार्स म हामा रीको समयमा पनि कोरोना भा इरसलाई (सार्स पनि एकप्रकारको कोरोना भा इरस नै हो) न्युट्रल गर्नको लागि नानोबडी विकसित गरिएका थिए । शोधकर्ता डा. आशिष मांगलिकका अनुसार शोधकर्ताहरुले प्रयोगशालामा २१ प्रकारका यस्ता नानोबडी विकसित गरेका छन् जो कोरोना भा इरसविरुद्ध काम गर्छन् ।
शोधकर्ताहरुले यो नेजल स्प्रे (नाकमा गरिने स्प्रे) लाई आम मानिसहरुसम्म पुर्याउन उत्पादक कम्पनीसँग सम्झौता गर्दैछन् । यसको ह्युमन ट्रायल छिटै सुरु हुने अपेक्षा गरिएको छ । यदि यो स्प्रे अपेक्षा गरिए अनुसार प्रभावकारी देखिएमा यो महामारी रोक्नको लागि निकै सहज र सुविधाजनक उपाय बन्ने शोधकर्ताहरुले बताएका छन् ।