काठमाडौं, ३० साउन - कोरोना म हामारीले निम्त्याएको बि पत्तिमा यतिबेला सबै राष्ट्रहरु छ । नेपाल पनी यसको दलदलमा बिस्तारै फस्दै गैइरहेको छ । समुदायस्तरमा कोरोना फैलिन थालेपछि त्रास बढेर गएको छ । यस्तै पेरिफेरिमा हिन्दु नेपाली नारिहरुको महान पर्वको रुपमा रहेको तिज यस वर्ष कोरोनाको चपेटामा परेको छ । यसपटक बिगतका वर्षमा झै ठुला ठुला कार्यक्रमहरुमा गर्नमा बन्देज छ । तर, फरक शैली र फरक माध्यमबाट भने केही कार्यक्रमहरु भैरहेका छन् ।
डिजिटल दुनियालाई आत्मसात गर्दै तिजका यस्ता केही कार्यक्रमहरु भैरहेका छन् । जुन नया र केही नौलो देखिन्छ । यस्तैमा नेपाल राष्ट्रिय शिक्षक सङठन, राष्ट्रिय समिती, सस्थागत बिद्यालय बिभागले तिजको विशेष कार्यक्रमको आयोजना गरेको छ । लकडाउन सुरु भएदेखि विश्वभर भर्चुअल कार्यक्रम तथा छलफल गर्न अत्याधिक प्रयोगमा आएको जुम बाट यो कार्यक्रमको आयोजना हुनेछ । ‘तिज विशेष राष्ट्रब्यापी गायन कार्यक्रम २०७७’ नाम दिइएको सो कार्यक्रम यहि सनिवार ३१ गते दिउँसो ३ बजेबाट सुरु हुँदै छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कानुन, न्याय तथा संसदीय मन्त्री माननीय डा सिवमाया तुम्बाहाम्फे रहेकी छन । यस्तै विशेष अतिथिको रुपमा चर्चित लोक गायिका, संचारकर्मी तथा राष्ट्रिय सभा सदस्य कोमल ओलि रहेकी छन् । बृहत् स्वरुपमा हुन लागेको यो कार्यक्रम नेपालमा पहिलो पटक यसरी डिजिटल माध्यमबाट हुदैछ ।
कार्यक्रममा निशुल्क सहभागी हुन सकिनेछ । जसको लागि आयोजकले जुन आईडी तथा पासवर्ड पनि सार्बजनिक गरेको छ । सहभागी हुन जुम आईडी ९८५१०८०८६० र पासवर्ड ३०५०२७ प्रयोग गर्दै कार्यक्रममा सहभागी हुन सकिनेछ । कार्यक्रममा सातै प्रदेशका सहभागिहरुले गायन प्रस्तुती राख्न सक्नेछन् ।
यस्तै यहि डिजिटल माध्यमको सदुपयोग गर्दै प्रविधी मैत्री शिक्षक समाज नेपाल, महिला नेतृत्व समुहले पनि तिजको अवसरमा जुम मार्फत तिज विशेष कार्यक्रमको आयोजना गरेको छ । सुभकामना आदानप्रदान एबम साङितिक कार्यक्रम नाम दिएर गरिने सो कार्यक्रममा सकृय सहभागीताको लागि आव्हान गरिएको छ । यहि भदौ २ गते हुने कार्यक्रम दिउसो ठिक १ बजे बाट सुरु हुनेछ । कार्यक्रममा सहभागीता जनाउनको लागि जुम आईडी ८०४६२४०६७१ रहेको छ ।