शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुन थुपार्दै व्यवसायी, २ हप्तामा १४० केजी सुन खरीद

मंगलवार , श्रावण २७, २०७७

काठमाडौं २७ साउन - सुनको कारोबार लगभग ठप्प भए पनि व्यवसायीहरूले २ हप्तामा बैंकबाट १४० केजी सुन उठाएका छन् । मूल्य अझ बढ्ने अपेक्षामा उनीहरूले व्यवसाय नभए पनि बैंकबाट सुन किनेको देखिन्छ ।

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि हाल नेपाली बजारमा यसको मूल्य प्रतितोला १ लाखभन्दा माथि पुगेको छ । यसरी मूल्य बढेर मागमा कमी आएपछि नेपाली बजारमा सुनको कारोबार ठ प्प नै भएको व्यवसायीहरू बताउँछन् । तर, उनीहरूले पछिल्लो २ हप्तामा बैंकहरूबाट अ स्वाभाविक रूपमा सुन उठाएका छन् ।आजको आर्थिक अभियान दैनिकखवर छ ।

गत साउन ९ गते वाणिज्य बैंकहरूसँग ३२० केजी सुन थियो । तर, साउन २५ गतेसम्म बैंकहरूसँग १८० केजी मात्र सुन स्टकमा छ । पछिल्लो २ हप्तामा १४० केजी सुन विक्री भएको नेपाल बैंकर्स संघको भनाइ छ ।

तर, सुन व्यवसायीहरूले भने व्यवसाय नै नभएको अवस्थामा यतिका सुन बैंकबाट विक्री हुनु अ स्वाभाविक भएको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले व्यवसाय नै नभएको अवस्थामा बैंकबाट यतिका सुन विक्री हुनु अस्वाभाविक भएको बताए ।

‘अहिले मूल्य बढेपछि सुनको माग नै छैन । यस अवस्थामा व्यवसायी साथीहरूले बैंकबाट सुन उठाएजस्तो लाग्दैन,’ उनले भने, ‘यद्यपि, हामी महासंघमार्फत काठमाडौंदेखि जिल्लासम्म रहेका व्यवसायीहरूसँग यस विषयमा जानकारी लिने योजनामा छौं ।’

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले सुन व्यवसायीहरूलाई नै सुन विक्री गरिएको बताए ।

नेपालमा सुन आयात गरेर व्यवसायीहरूलाई विक्री गर्न पाउने अधिकार वाणिज्य बैंकहरूलाई मात्र छ । सुन आयात गरेको १५ दिनभित्र नेपाल सुनचाँदी व्यवसायी महासंघ र महासंघअन्तर्गतका जिल्ला संगठनहरूको सिफारिशमा बैंकहरूले सुन व्यवसायीलाई सुन विक्री गर्न सक्छन् । सुन आयात गरेको १५ दिने बितेपछि भने बैंकहरूले महासंघको सिफारिशविना नै सुन व्यवसायीहरूलाई सुन विक्री गर्न सक्छन् । तर, सुन व्यवसायीभन्दा अन्य व्यक्तिलाई भने सुन विक्री गर्न नपाउने राष्ट्र बैंकको निर्देशन छ ।

अहिले बैंकहरूसँग भएको सुन गत फागुनमा नै आयात गरेर ल्याइएको हो । सरकारले को रोना म हामा री रोकथाम गर्न गत चैत ११ गतेदेखि ब न्दाबन्दी लगाएपछि सुन आयात गरिएको छैन । साथै, ब न्दाबन्दी खुले पनि सुनको कारोबार नभएकाले थप सुन आयात गरिएको छैन । त्यसैले अहिले बैंकहरूले महासंघको सिफारिशविना नै मापदण्ड पुग्ने सुन व्यवसायीहरूलाई सुन विक्री गर्न पाउँछन् ।

अहिले महासंघले बैंकबाट सुन किन्न कुनै पनि सिफारिश गरेको छैन । तर, सुनको मूल्य अझै बढ्ने ह ल्ला र तीजजस्ता चाडपर्वलाई लक्षित गरेर व्यवसायीहरूले बैंकबाट सुन किनेको हुन सक्ने महासंघको अनुमान छ ।

महासंघका अध्यक्ष मोहन विश्वकर्माले अहिले सुन किन्न कुनै पनि व्यवसायीलाई सिफारिश नदिएको बताए । ‘१५ दिन बितिसकेकाले बैंकहरूले हाम्रो सिफारिशविना नै सुन विक्री गर्न सक्छन् । तर, व्यवसाय नभएका बेला यतिका सुन विक्री हुनु अ चम्म नै हो,’ उनले भने, ‘तर, अहिले तीजजस्ता चाडपर्व नजिकिँदै छन् । साथै, सुनको मूल्य अझै बढ्ने हल्ला पनि छ । यस अवस्थामा व्यवसायीहरूले ऋणधन गरेर बैंकबाट सुन ल्याएर गरगहना बनाउन थालेका हुन सक्छन् ।’

नेपालभर २५ हजारभन्दा बढी सुन व्यवसायी छन् । उनीहरूबाट सुन उठेको हुन सक्ने अध्यक्ष विश्वकर्मा बताउँछन् । यद्यपि, यस विषयमा आवश्यक अध्ययन गर्ने महासंघको तयारी रहेको छ ।

नेपाली बजारमा अन्तरराष्ट्रिय बजारअनुसार नै सुनको मूल्य निर्धारण हुन्छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस (२ दशमलव ६१ तोला) २ हजार डलरमाथि पुगेको छ । कोरोना म हामा रीका कारण विश्व अर्थतन्त्र प्र भावित भएकाले विश्व शेयरबजारमा पनि अ सर पुगेको छ । त्यसपछि लगानीकर्ताले लगानी सु रक्षित गर्न सुन किनेर होल्ड गर्ने गरेका छन्, फलस्वरूप सुनको मूल्य बढ्दै गएको हो, नेपालका व्यवसायीहरू भन्छन् ।

प्रतिक्रिया