शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेपालमा को भिड १९ का कारण थप एकजनाको मृ त्यु, ज्या न गुमाउने नौ पुगे

बुधवार , जेठ २१, २०७७

 

काठमाडौँ,२१ जेठ – नेपालमा कोरोना भा इरस (कोभिड–१९) को सं क्रमणबाट थप एक जनाको म त्यु भएको छ ।

दोलखाका ७६ वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार जानकारी दिनु भयो ।

उहाँ जेठ १३ गते काठमाडौँ मेडिकल कलेजमा भर्ना हुनु भएको थियो ।

उहाँलाई जेठ १५ केएमसीबाट थप उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । आइसीयुमा उपचारका क्रममा उहाँको मृ त्यु भएको प्रवक्ता देवकोटाले बताउनु भयो । यो सँगै नेपालमा कोरोना सं क्रमणका कारण मृ त्यु हुनेको संख्या ९ पुगेको छ ।

काठमाडौँ मेडिकल कलेजका बि रामी र स्वास्थ्यकर्मी गरी ५ जनामा कोरोना भा इरस सं क्रमण देखिएपछि अहिले यस अस्पतालका सबै सेवा बन्द गरिएका छन् ।

बुधबार थप २०१ जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै कुल संक्रमित संख्या २३०० पुगेको छ ।

प्रतिक्रिया