शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

थप ३६ जनामा कोरोना सं क्रमण, सं‌ क्रमितको संख्या ५८४

शनिवार , जेठ १०, २०७७

 

काठमाडौं १० जेठ - शनिवार दिउसो थप ३६ जनामा को रोना सं  क्रमण देखिएको छ । यस अघि शनिवार बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना सं क्रमण पुष्टि भएको जानकारी दिएको थियो । योसँगै नेपालमा को रोना सं क्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

को रोनाको पछिल्लो दैनिक अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कूल संक्रमितमध्ये पुरुष ५०५ र महिला ७९ जना रहेका बताउनु भयो  ।

देशभर ४० जिल्लामा कोरोना सं क्रमण पुगेको छ । हालसम्म ७० जना निको भएर डिस्चार्ज भएका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका १–१ जना रहेका छन् ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा को रोना सं क्रमण पुष्टि भएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष उमेरसम्मका पुरुष रहेका छन् ।

त्यसैगरी नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १५ जनामा पनि को रोना पो जेटिभ पुष्टि भएको देवकोटाले जानकारी दिए । उनीहरु १६ देखि ३२ वर्ष उमेरका पुरुष हुन् । नरैनापुर १ को क्वा रेन्टाइनमा बसेका ६ जनामा पनि कोरोना पो जेटिभ पुष्टि भएको देवकोटाले बताउनु भयो । ती सं क्रमित २२ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जनामा पनि को रोना सं क्रमण पुष्टि भएको देवकोटाले बताउनु भयो ।

 

शनिबार बिहान मन्त्रालयले विज्ञप्ति मार्फत दिएको जानकारी अनुसार ३२ जना सं क्रमित भने कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनका रहेका छन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् ।

यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् ।

यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना सं क्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएके छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् । यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना सं क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया