काठमाडौँ,१० जेठ – नेपाल शनिबार थप ३२ जनामा कारोना भा इरस सं क्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा सं क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८–८ तथा बारा, चितवन र काठमाडौका एक–एकजनामा सं क्रमण पुष्टि भएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षका पुरुष तथा २७ वर्षकी महिलामा को रोना सं क्रमण देखिएको हो।

यस्तै सर्लाहीको गोडैता र कविलासी नगरपालिका १८, २० (तीनजना), २१, २२, २३, २६ (दुईजना), २८, ३३ र ३५ (दुईजना) वर्षका पुरुषमा सं क्रमण पुष्टि भएको जनाइएको छ ।
यसैगरी रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० (दुईजना), २४ (दुईजना), २७, ३० (दुईजना), ५५ वर्षका पुरुषमा सं क्रमण देखिएको हो ।
यस्तै चितवनको भरतपुर–६ का ५२ वर्षे पुरुष, काठमाडौका ३५ वर्षे पुरुष तथा बाराको करैयामाइ गाउँपालिकाकी ३७ वर्षकी महिलामा पनि सं क्रमण देखिएको हो ।