काठमाडौं, ९ जेठ – आज फेरी थप ९ जनामा को रोना भा इरस कोभिड-१९ सं क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सं क्रमितको संख्या ५१६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मकवानपुर हेटौँडा–३ की ५३ वर्षीया महिला र भक्तपुरकी ४२ वर्षीया महिलामा को रोना पुष्टि भएको छ।
यस्तै वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र कि टजन्य रो ग अ नुसन्धान तथा तालिम केन्द्र हेटौँडामा भएको प रीक्षणमा बाराको सिमरनगड नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा को रोना सं क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरु सबैको स्वा स्थ्य अवस्था सा मान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।