शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पतालमा एक जना आ ईसोलेसनमा

शुक्रवार , जेठ ९, २०७७

सिन्धुली,९ जेठ – सिन्धुली अस्पतालमा आज एक जना महिलालाई आ ईसोलेसनमा भर्ना गरेर उ पचार गरिएको छ । उ च्च ज्व रो आएपछि अस्पताल आउनुभएकी कमलामाई नगरपालिका २ का एक महिलालाई आ ईसोलेसनमा राखेर उपचार गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

को रोना भा ईरस सँग मिल्दोजुल्दो ल क्षण देखिएकाले आ ईसोलनमा राखिएको अस्पतालका कोरोना भा ईरस फोकल पर्सन डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो । उक्त महिलाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर आज हेटौडा पठाईएको उहाँले बताउनुभयो ।

यसैपचि सिन्धुलीकी पहिलो कोरोना सं क्रमति महिलाको घर परिवारको पि सिआर परिक्षणका लागि ९ जनाको स्वाब संकलन गरेर हेटौडा स्थित प्रयोगशालामा पठाईएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीबाट पि सिआर परिक्षणका लागि स्वाब पठाईएको मध्ये अझै ७ जनाको रिर्पोट आउन बाँकी छ । उनीहरुको रिर्पोट आज दिउसो सम्ममा आउने अस्पतालले जनाएको छ । सिन्धुलीबाट यस अघि पठाईएको मध्ये ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

प्रतिक्रिया