काठमाडौँ ९ जेठ - नेपालमा आज थप ३० जनामा कोरोना भा इरस सं क्रमण पुष्टि भएको छ । योसँगै सं क्रमितको कूल संख्या ४८७ पुगेको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान गरेको अध्यावधिक विवरण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भारतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार थप ३० जनामा सं क्रमण पुष्टि भएको हो ।
उनीहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरवपालिका–६ केसरबाघ चितवनका ७४ वर्षीया पुरुष र ७३ वर्षीय महिला छन् ।

यस्तै नवलपरासी सुस्ता गाउँपलिका–५ र रामग्राम नगरपालिका–३ निवासी ३३ र ३५ वर्षी पुरुष र १५ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो।
यस्तै अन्य संक्रमितमा कपिलवस्तुको बाणगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, र ५३ वर्षीय पुरुष तथा ८ वर्षीय बालिका रहेका छन् ।
यस्तै सर्लाहीको गोडैता नगरपालिकाका ८, ९, ११, १३ र १४ वर्षीय पुरुष तथा रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५ २७ ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष तथा १८ वषीय युवतीमा पनि सं क्रमण पुष्टि भएको मन्त्रालले जनाएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रलायले जनाएको छ ।