काठमाडौँ,७ जेठ – नेपालमा आज (बुधबार) थप २५ जनामा को रोना भा इरसको सं क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सं क्रमितको संख्या ४२७ पुगेको छ । अहिलेसम्म ३८ जिल्लामा सं क्रमण देखिएको छ ।
बुधबार देखिएका सं क्रमित ३ देखि ४८ वर्ष उमेर समूहका छन् । यीमध्ये ७ महिला र १८ पुरुष छन् । एकजना कपिलवस्तुका ३ वर्षीय बालक पनि सं क्रमित भएका छन् ।
बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष संक्रमित भएका छन् । त्यस्तै, धनकुटामा पाँच जना नयाँ सं क्रमित थपिएका छन् । त्यस्तै, कपिलवस्तु बालबालिका र महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन् ।
नवलपरासी पश्चिममा क्वारेन्टाइनमा रहेका एकजनामा पनि सं क्रमण देखिएका छन् ।
यस्तै नेपालमा कोरोना सं क्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ भने कोरोना संक्रमण कारण अहिलेसम्म दुई जनाको नि धन भएको छ ।