काठमाडौं, १ जेठ - नेपालमा कोरोना भा इरस संक्रमितको संख्या २५० पुगेको छ । बिहीबार थप सात जनामा कोरोना भा इरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २५० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ६:१५ र ७ : ४५ बजे दुई पटक विज्ञप्ति निकालेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सात संक्रमित बारे जानकारी दिएको हो ।

पछिल्लोपटक सर्लाही, धनुषा र महोत्तरीका पाँचजनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा सर्लाहीको धन्कौलका ४५ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै धनुषाको जनकपुर र मिथिला नगरपालिकाका ४० वर्षे पुरुष र २० वर्षे युवती तथा महोत्तरीको जलेश्वर र वलवा नगरपालिकाका १६ र ३५ वर्षका युवामा कोरोना भा इरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बताउनु भएको छ ।

यसअघि बिहीबार बिहानै काठमाडौँको चन्द्रागिरीका ३२ वर्षे पुरुष र कपिलवस्तुकी ६ वर्षकी बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।